मुक्तिनाथ विकास बैंकको अध्यक्षमा ढकाल, सबै सञ्चालक सर्वसम्मत चयन
नेपालबहस संवाददाता
मंसिर ३०, २०७६ सोमबार २३:२७:१३
३० मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को तेह्रौं साधारण सभाले सर्वसम्मत रुपमा ५ जनाको सञ्चालक समिति चयन गर्दै विभिन्न प्रस्तावहरु पास गरेको छ ।
नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, श्रीमती निर्मलाकुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र रहेको बैंकका प्रमुख सुचना अधिकृत तिलबहादुर गुरुङ्गले जनाएका छन् । साथै आजै बसेको सञ्चालक समितिको बैठकले भरतराज ढकाललाई बैंक सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।
अध्यक्ष ढकाल स्थापनादेखि नै बैंकको प्रमुख कार्यकारी प्रमुख रहेका थिए । केही बर्ष अघि मात्र उनले बैंकको प्रमुख कार्यकारीको भूमिकाबाट अवकाश लिएका थिए ।
उक्त साधारण सभाले आर्थिक बर्ष. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरुसहित आ.व. ०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस शेयरको कर प्रयोजनार्थ नगद लाभांश र १७.६० बोनस शेयरसहित) १८.५३ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायणप्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा प्रकाश पारेका थिए ।
सोही समारोहमा बैंकका पूर्व अध्यक्षहरु खगेन्द्रराज रेग्मी र मीनप्रसाद गुरुङ्गले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त प्रतिवेदन उपर शेयरधनीहरुबाट विभिन्न सल्लाह, सुझाव र जिज्ञासाहरु आएका थिए । शेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार