हरिवन नपाका इन्जिनियर दिनदाहाडै कुटिए, प्रहरी रमिते बनेर फर्कियो
नेपालबहस संवाददाता
पुस १, २०७६ मंगलबार २०:२१:६
१ पुष, हरिवन । हरिवन नगरपालिका वडा न ११ का इन्जिनियर रकी अहमद दिनदाहाडै आफ्नै कार्यालयमा कुटिएका छन् ।
आज दिउँसो १२ बजेतिर हरिवन बजार कै शेष तस्लिम रेजाको नेतृत्वमा आएको एउटा हिंस्रक समुहले इन्जिनियर अहमदलाई टेण्डरको बाहानामा कार्यकक्षमै तथानाम गाली गलौज गरि मरणासन्न हुने गरि कुटपिट गर्नुका साथै सो कार्यालयको भौतिक संरचना पनि तोडफोड गरि क्षति पुर्याएको हो । वडा न.११ को कार्यालय मुस्लिम समुदायको बाहुल्य क्षेत्रमा रहेको छ ।
दिनदाहाडै नगरपालिका कार्यालयमा कर्मचारी कुटिएको खबरपछि नजिकै रहेको इलाका प्रहरी कार्यालयका ईन्सपेक्टर सुभाष भट्टराईको कमाण्डमा गएको प्रहरी टोलीले पीडक शेष तस्लिम रेजालाई बिना कारवाही छोडिदिएको छ ।
पीडितले उजुरी दिदाँ पनि प्रहरीले कारवाही गर्ने कुनै चासो नदेखाउनुलाई आश्र्चयको रुपमा हेरिएको छ । समाचार स्रोतका अनुसार कुटपिट गर्ने शेषको समुहले प्रहरीलाई आर्थिक लोभ दिएकाले पक्राउ नगरी छोडिदिएको हो ।
घट्नापछि कर्मचारीहरु त्रसित बनेका छन् भने स्थानीयहरु आक्रोशित भएका छन् । घट्नाका बारे हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले दुख व्यक्त गर्दै दोषी उपर प्रशासनले तत्काल कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
प्रहरी घट्नामा रमिते बनेकोमा मेयर प्रसाई आक्रोशित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार