राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १९:४२:३२
२ पुस काठमाडौं । माघ ९ गते हुने राष्ट्रिय सभाको चुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आउँदो पुस १७ गते बिहान १० देखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशित हुनेछ । १७ गते नै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमाथि दाबी विरोधको उजुरी दिने समय तोकिएको छ ।
आयोगले दाबी विरोधको छानबिन गरी पुस १८ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेछ । यस्तै आयोगले पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सकिनेछ ।
उम्मेदवारको विरोधमा भने २१ गते उजुरी दिन सकिनेछ । २१ गते बिहान १० देखि दिउँसो ४ बजेसम्ममा उजुरी दिनुपर्नेछ । त्यसपछि आयोगले २२ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि छानबिन गर्दै अन्तिम निर्णय गरी २३ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।
यस्तै उम्मेदवारले नाम फिर्ता लिनका लागि आयोगले २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ । उमेदवारको अन्तिम नामावली भने २५ गते बिहान १० देखि १ बजेसम्म प्रकाशित हुनेछ । निर्वाचन आयोगले मतदाता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेपछि २५ गते नै दिउँसो १ देखि ४ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।
आयोगले चुनाव चिह्न प्रदान गरेको २ हप्तापछि माग ९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न सबैसँग आग्रह गरेको छ । यस्तै आयोगले सबै मतपेटिका संकलन गरी ९ गते नै मतगणना सुरु गर्ने पनि जनाएको छ ।
राष्ट्रिय सभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एक गरी १९ सांसदको दुई वर्षे कार्यकाल आउँदो फागुन २१ मा सकिँदैछ ।
संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भैसक्नुपर्ने व्यवस्था भएअनुसार चुनावी कार्यतालिका सार्वजनिक भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार