संघारमा भ्रमण बर्ष, यी हुन सरकारका चुनौतीहरु
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार २३:१९:५५
समृद्ध नेपाल र सुखी नेपालीको नारा सुनेको पनि २ बर्ष नाघिसक्यो । नेपाल समृद्ध बन्दैछ भनेर नेपालीहरुले पनि सुखको अनुभूति गरिरहेका छन् । सरकारले विदेशी सम्वतको सम्मान गर्दै विदेशीहरुलाई नेपाल भित्र्याउन नेपाल भ्रमण बर्षको आयोजना गर्दैछ ।
नेपालले विश्व सामु आफ्नाे परिचय र पहिचान देखाउने यो एउटा महत्वपूर्ण अवसर पनि हो । पर्यटक हाम्रा पाहुना हुन । पाहुनालाई उचित सेवा र सत्कार पनि दिनुपर्छ । देशको अवस्था दिनानुदिन अधोगतितर्फ गईरहेको छ । बिरामी अभिभावक कहिले बालुवाटार कहिले अस्पताल गर्नमै ठिक्क छ ।
देश चोईटिएर सिमानाका पिल्लरहरु हराउदै बसाई सर्न थालेका छन् । सिमानाका नागरिक कहिले नेपाली त कहिले बिहारी हुनुपर्ने अवस्थामा छन् । देश र सरकार सञ्चालकहरुको मत पनि एकै प्रकारको पाईदैन । परम्परागत धर्म, संस्कार र संस्कृतिहरुको भग्नावशेष र विदेशीको कृडास्थलको अवलोकनका लागि हामी देशमा २० औं लाख पर्यटकलाई आमन्त्रण गरिरहेका छौ ।
पर्यटकहरु नेपाल हेर्न आतुर छन् । नेपालको धर्म, जाति, संस्कार, कला, संस्कृति र परम्पराको जानकारी हाँसिल गर्न लालायित छन् तर बिडम्बना हामीले त्यसलाई कसैसँग पैसामा त कसैसँग सत्ताका लागि साटी सक्यौं । आमा बिरामी भएर अस्पताल भर्ना भएको बेला पाहुनालाई मासु भात त हुदैन नेपाल भ्रमण बर्ष ?? पिपलपाते नेताहरुका कुरामा अब कत्ति दम छ भनेर जनताले पनि कुरा बुभ्mदै गईरहेको अवस्थामा जनताको बिरोधलाई केहि भएपनि मत्थर होला कि भनेर सरकारले केहि अनौठा कार्यक्रमहरु ल्याउन नखोजेको पनि होईन ।
ठेकेदारका घरमा बसेर कामै नगर्ने ठेकेदारलाई ठेक्का दिएर बाटाबाटोमा ठेकेदारका पोष्टर दृष्याबलोकन गराउन सक्नु पनि भ्रमण बर्षको उपलब्धि नै मान्नु पर्ने पो हो कि ??
तर अब जनताको धैर्यताको बाध फुटने अवस्था पनि देखिदैछ । पर्यटक हाम्रा पाहुना हुन । बिभिन्न मुलुकका तर पर्यटन बर्षको तैयारी सँगै सरकारले केहि सामान्य कुराहरुमा सुधार र निर्माण गर्नुपर्ने हो तर के यी कुराहरुमा सरकारको ध्यान गएको छ त ??
बाटो
पर्यटकका लागि सबैभन्दा पहिला आवतजावतको लागि बाटोको सुविधा महत्वपूर्ण हुन्छ । बिदेशीहरुले नेपाल झर्ने बित्तिकै नेपालको बारेमा अनुमान गर्ने भनेकै बाटोको अवस्था हो । एयरपोर्टबाट होटेलसम्म पुग्दा नै किन आईएछ नेपाल ?? भन्ने आभास पर्यटकमा पर्यो भने उसलाई जतिनै रामै ठाँउहरुको बयान गरे पनि पत्याउन गाह्रो हुनसक्छ । यसका साथै पर्यटकहरु जाने बाटोको अवस्थाका बारेमा पनि सरकारले पक्कै पनि नजरअन्दाज गरिरहेकै होला । ठेकेदारका घरमा बसेर कामै नगर्ने ठेकेदारलाई ठेक्का दिएर बाटाबाटोमा ठेकेदारका पोष्टर दृष्याबलोकन गराउन सक्नु पनि भ्रमण बर्षको उपलब्धि नै मान्नु पर्ने पो हो कि ??
यस्तो अवस्थामा पर्यटकले भौगोलिक वातावरणको अवलोकन गर्छन् कि नेपालका गाँउगाँउमा खानेपानीको अभावको बिषयमा थेसिस लेख्छन् ?? यो चाहि भ्रमण बर्ष सम्पन्न भएपछि मात्रै देखिने प्रतिफल हो ।
पानी
काठमाडाैं काकाकुल भएको ३० औं बर्ष भैसक्यो । राजधानी बाहिर पर्यटक जाने गन्तब्य स्थानसम्मको स्वच्छ खानेपानीको ब्यवस्थापनमा सरकारको कस्तो तैयारी छ ? मिनरल वाटर त उनीहरुले आफ्नै देशमा पनि खाएकै हुन । नेपालको पानी, नेपालीको बानी, नेपालको पर्यावरण स्वच्छता समेत यसले निक्र्यौल गर्नेछ । हुन त अहिले रानीपोखरीमा त पानी छैन ।
काठमाडौंका मौलिकता बोकेका र काठमाडाैंका धरोहर र प्राचिन सभ्यता मानिएका, नेपालीहरुको आफ्नै प्रयास र श्रममा निर्माण गरिएका ढुंगेधाराहरु अहिले ढुंगे छन्, धारा छैनन् । गाँउगाँउमा खानेपानीको अवस्था नाजुक छ । पिउने पानीको अभावमा गाँउमा अहिले पनि घण्टौ समय लगाएर जानुपर्ने अवस्था छ भने खानेपानीकै अभावमा गाँउहरु धमाधम बसाई सर्दै गरेका समाचारहरु पनि नआएका हैनन् । यस्तो अवस्थामा पर्यटकले भौगोलिक वातावरणको अवलोकन गर्छन् कि नेपालका गाँउगाँउमा खानेपानीको अभावको बिषयमा थेसिस लेख्छन् ?? यो चाहि भ्रमण बर्ष सम्पन्न भएपछि मात्रै देखिने प्रतिफल हो ।
बत्ती
उज्यालो पनि पर्यटन प्रबद्धनको महत्वपूर्ण पाटोको रुपमा हेरिन्छ । नेपालको बिजुली बत्ती कत्तिको पर्यटनमुखी बनाईदैछ ?? सडक बत्तिको अवस्था के छ ?? भ्रमण बर्ष २०२० मा बिजुलीको प्रबन्ध कसरी मिलाईने छ ?? बत्तिसँगै झ्यापझ्याप जाने नेटवर्क र यसका कारण पर्यटक बस्ने समयलाई पार्ने प्रभावका बारेमा पनि सरकारले ध्यान पुर्याएकै होला ?? यो बिषयको सुक्ष्म तैयारीमा के सरकार लागेको छ ? छ भने कसरी लागेको छ ?
कि पर्यटन मन्त्रीका वरिपरी पर्यटन बर्षको तैयारी गर्न भन्दै परियोजनाका कागजका खोस्टामा राष्ट्रिय ढिकुटी साटिदैछ ?? यसबारेमा सरकार, प्रदेश सरकार, स्थानीय निकाय र आम नागरिकको कस्तो तैयारी र ब्यवस्थापन मिलाईएको छ ?? भन्ने कुराले पनि भ्रमण बर्ष सफल बनाउन सार्थक भुमिका खेल्छ जस्तो लाग्छ ।
सूचना र सञ्चार
सूचना र सञ्चार पर्यटकका लागि नभै नहुने कुरा हो । आफ्नाे देशबाट, आफ्नाे परिवारबाट, आफ्ना साथीभाईबाट, आफ्नाे कार्यालयबाट नितान्त धेरै टाढा, बिरानो मुलुकमा आउदै गरेका पर्यटकहरुले सर्वसुलभ सूचना र सञ्चारको उपयोगको अपेक्षा गरेका हुन्छन् । भ्रमण बर्षको अन्तिम तयारीमा रहेको हाम्रो सरकारले राजधानी लगायत प्रदेश, स्थानीय तह र दुर्गम स्थानहरुका लागि कस्तो सूचना र सञ्चारको प्रबन्ध मिलाएको छ ??? यसका बारेमा ब्यापक प्रचार प्रसार भएको छ कि छैन ??
कि सवारी साधनकै अभावमा पर्यटकलाई हप्तौसम्म काठमाडाैंका महंगा होटेलमा बस्न बाध्य बनाएर पर्यटन बर्ष सफल बनाउने तैयारी छ ?? यो बिषयमा सरकारले तैयारी त राम्रैसँग गरेकै होला । नत्र काठमाडौंबाट दशैंमा आफ्नै देशका २/४ लाख नागरिक घर फर्काउन त धौधौ भएको यातायातले २० औं लाख पर्यटक काठमाडौं भित्र र बाहिर गराउन सकेन भने भ्रमण बर्ष आफैमा लाजमर्दो बर्ष २०२० मा परिणत हुनेछ ।
पर्यटकहरु आफुले घुमेका, आफुले नेपालमा देखेका, अनौठो लागेका, अचम्मलाग्दा कुराहरु आफ्ना आफन्तहरु र साथीभाईहरुसँग शेयर गर्न चाहन्छन् । अहिलेको विश्व सञ्चारको युगमा उनीहरु लाईभ कुराहरु देखाउन र साटासाट गर्न लालायित हुन्छन् । यदि देशका दूरदराजमा रहेका पर्यटकिय स्थलसम्म सूचना र सञ्चारको प्रबन्ध राम्रोसँग हुन सकेन भने पर्यटक धेरै दिनसम्म सो क्षेत्रमा पक्कै पनि रहदैनन् । तर अहिलेको सूचना प्रणालीले दूर्गम क्षेत्रमा खासै प्रभावकारी काम गर्ला जस्तो देखिदैन । काठमाडाैं र विराटनगरकै सञ्चार दिनमा दुईपटक समस्या देखिने अवस्थामा पर्यटकहरुले आफ्ना आफन्त र साथीभाईसँग सम्पर्क गर्न काठमाडौं नै आउनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
सवारी साधनको ब्यवस्थापन
विदेशीहरु समयसँग बढी चनाखो र जिम्मेवार हुन्छन् । २० लाख पर्यटक भित्र्याउने सरकारसँग २० लाख पर्यटकलाई उनीहरुले चाहेको स्थानसम्म पुर्याउन सक्ने यातायातका साधनहरुको ब्यवस्थापन गर्ने क्षमता छ ?? सरकारले यसको प्रबन्ध राम्रोसँग मिलाएको छ ?? कि सवारी साधनकै अभावमा पर्यटकलाई हप्तौसम्म काठमाडाैंका महंगा होटेलमा बस्न बाध्य बनाएर पर्यटन बर्ष सफल बनाउने तैयारी छ ?? यो बिषयमा सरकारले तैयारी त राम्रैसँग गरेकै होला । नत्र काठमाडौंबाट दशैंमा आफ्नै देशका २/४ लाख नागरिक घर फर्काउन त धौधौ भएको यातायातले २० औं लाख पर्यटक काठमाडौं भित्र र बाहिर गराउन सकेन भने भ्रमण बर्ष आफैमा लाजमर्दो बर्ष २०२० मा परिणत हुनेछ ।
बसाई ब्यवस्थापन(होमस्टे)
पर्यटक हाम्रा पाहुना हुन । सरकारका पाहुना हुन । आम नेपालीका पाहुना हुन । यिनीहरु कुनै दल बिशेषका पाहुना हैनन् । कुनै दलको सरकार बिशेषका पाहुना हैनन् । पर्यटकका नेपाल प्रतिका विचारहरु, समस्याहरु, अल्झनहरु र प्राप्त सुबिधाहरुले आम नेपालीलाई प्रभाव पार्नेछ । घरमा एउटा पाहुना आउने कुराले त घरको सजावट र सरसफाईमा प्रभाव पार्छ भने विदेशी पाहुनाहरु देशमा आउदा पक्कै पनि राम्रै सरसफाई र सजावट हुनुपर्ने हो । देशको पाहुना बनेर आएका पाहुनाहरुलाई रमाईलो, आरामदायी र सन्तोषजनक बसाईको ब्यवस्था मिलाउनु पर्ने हुन्छ ।
२० जना पाहुना आउदा राम्रोसँग ब्यवस्थापन गर्न नसक्ने हाम्रो परिवेशले २० लाख पर्यटकलाई कसरी व्यवस्थापन गर्ला ?? पहाडी र हिमाली जिल्लाको अवलोकन र अध्ययन गर्न जाने पर्यटकहरु किन नेपालको तराईका जिल्लामा झर्दैनन् ??? पर्यटकलाई लुम्बिनी बाहेकका तराईका जिल्लाहरुको अवलोकन गराउने र बसाई ब्यवस्थापन मिलाउने बारे सरकारको के योजना छ ?? अहिलेसम्म त पढन र सुन्नमा कहि कतै आएको जस्तो देखिदैन ???
गन्तब्य
पर्यटकहरु नेपाल आएर आफ्नाे गन्तब्य निर्धारण गर्छन् कि पहिल्यै गन्तब्य निर्धारण गरेर नेपाल आउछन् भन्ने कुराको स्पष्ट जानकारी सरकारले राख्नु पर्ने हुन्छ । पर्यटकहरु नेपालमा आएर कहाँ कहाँ जाने हो ?? वा कहाँ कहाँ लैजाने हो ?? भन्ने बारेमा सरकारको तैयारी र यसमा संलग्न हुने मानव संशाधनको ब्यवस्थापनले देखाउने कुरा हो । सोचेको ठाँउमा जान नसक्नु वा जान नपाउनुले पनि पर्यटकहरुको बसाईका दिनहरुको तय हुने हुन्छ । हिमाल, पहाड र तराईका जिल्लाहरुमा जाने पर्यटकहरुको रोजाई वा सरकारको त्यसतर्फको ब्यवस्थापनले पर्यटकहरुलाई लोभ्याउने गर्छ ।
प्रचारप्रसार
पर्यटन बर्षको बारेमा सरकारले अन्य पूर्वाधार बिकास र तैयारी पूर्णरुपमा गर्न नसके पनि प्रचार प्रसार भने राम्रै गरिरहेको कुरा चाहि पर्यटन मन्त्रीका फेसबुक स्टाटस र ट्वीटहरुबाट स्पष्टै बुभ्mन सकिन्छ । बिदेशमा रहेका नेपालीहरुले पनि आप्mनो देशमा पर्यटकहरुलाई भित्र्याउन निक्कै प्रचार प्रसार गरिरहेका छन् । नेपाल सुन्दर, मनमोहक छ, राम्रो छ, तर हामी त्यहि देशमा गुजाराको झिनो आशा पनि बाँकी नरहेपछि भौतारिएर खाडीमा गएका छाैं, मलेशियामा छाैं, बहराईनमा छौं, अझ भनाैं त्यहाँको भौगोलिक अवस्था ठिक नभएर सुविधा र ऐसआरामको खोजीमा अष्ट्रेलिया, जापान र अमेरिका भासिएका छौं ।
गाँउका अधिकांश स्वास्थ्य चौकीहरुमा सिटामोल समेत उपलब्ध गराउन सरकारले नसकिरहेको अवस्थामा २० औं लाख पर्यटकलाई कसरी स्वास्थ्य सेवा दिने योजना सरकारले बनाएको छ ?? पर्यटन बर्षमा जताततैबाट डलरै डलर झर्ने सपना मात्र हैन आएका पाहुनाहरुको स्वास्थ्यका बिषयहरुमा पनि गहन रुपले ध्यान दिनसके पर्यटन बर्ष यथार्थमा सफल भएको मानिनेछ । नत्र पर्यटन आगमन भन्दा पर्यटन पुनरागमन हुने त हैन ??? बेलैमा सोच्न जरुरी छ ।
यूरोपका बिभिन्न देशहरुमा घुमन्ते छौं तर एकपटक हाम्रो देशको अवलोकन गरेर त हेरिदिनुस् पर्यटक महोदय कि मेरो देश आफै गरिब भएको हो या नेताले गरीव बनाएका हुन ?? यसो भनिरहदा यहा सरकारको बिरोध गरे जस्तो लागे पनि यथार्थता यहि नै हो । पर्यटकहरुलाई ब्यापक प्रचार प्रसारको माध्यमबाट देशका बिभिन्न भौगोलिक अवस्थाका बारेमा, नेपालको धार्मिक बिबिधताका बारेमा, पर्यटकिय गन्तब्यका बारेमा, सामाजिक मूल्य मान्यताहरुका बारेमा, परम्परागत प्रचलनहरुका बारेमा, नेपालको बर्तमान अवस्थाका बारेमा ब्यापक प्रचारप्रसार गर्न सकेमात्रै पर्यटन बर्ष यथार्थतामा सफल हुने देखिन्छ । नत्र सरकारी ढिकुटीको सत्यानाश पारेर देशकै बेईज्जती मात्रै हुन बेर छैन । गरिब देशका धनी नेताको दृष्यावलोकन गराउन मात्रै भ्रमण बर्ष सिमित नहोस्, साधुवाद छ ।
प्राथमिक स्वास्थ्य उपचार
पर्यटकहरुलाई विकट भौगोलिक अवस्थाको अवलोकन गर्ने अति उच्च चाहना हुनसक्छ । हिमाली र उच्च पहाडी जिल्लाहरुको भ्रमण सँगै अपर्झट आईपर्ने स्वास्थ्य समस्या तथा दुर्घटनाहरुमा तत्काल प्राथमिक उपचारको ब्यवस्था मिलाउनु पर्ने हुन्छ । गाँउका अधिकांश स्वास्थ्य चौकीहरुमा सिटामोल समेत उपलब्ध गराउन सरकारले नसकिरहेको अवस्थामा २० औं लाख पर्यटकलाई कसरी स्वास्थ्य सेवा दिने योजना सरकारले बनाएको छ ?? पर्यटन बर्षमा जताततैबाट डलरै डलर झर्ने सपना मात्र हैन आएका पाहुनाहरुको स्वास्थ्यका बिषयहरुमा पनि गहन रुपले ध्यान दिनसके पर्यटन बर्ष यथार्थमा सफल भएको मानिनेछ । नत्र पर्यटन आगमन भन्दा पर्यटन पुनरागमन हुने त हैन ??? बेलैमा सोच्न जरुरी छ ।
सुरक्षा
सरकारको सुरक्षा अवस्थाको बारेमा केहि भनौं कि नभनौं ??? देशकै छोरीचेलीहरुको अस्मिता जोगाउन हम्मेहम्मे परिरहेको दुई तिहाईको सरकारलाई झन बिदेशबाट आएका छोरीचेलीहरुको सुरक्षाको प्रबन्ध कसरी मिलाईने हो ?? निर्मलाकाण्ड त पचाईयो भन्दै विदेशी चेलीहरुमाथि गिद्धेदृष्टि नलगाउलान भन्ने के ग्यारेन्टी ?? यसका लागि सरकारले पर्यटकको सुरक्षाको ब्यवस्थामा अति नै संबेदनशील हुन जरुरी छ ।
गाँउमा कहिले पैसाको पोको बोकेर मान्छे आउलान र लुटौला भनेर बसेका लुटेरा समूहहरु र सरकारसँग राजनैतिक लडाई लडिरहेको विप्लव माओवादीका कार्यकर्ताहरुको अबरोधलाई सरकारले कस्तो सुरक्षा नीतिअपनाउने हो भन्ने कुरामा भर पर्दछ । यदि सुरक्षाको दर्बिलो प्रत्याभूति सरकारले देखाउन सकेन भने पर्यटकहरु काठमाडाैं र पोखरामा सिमित हुनेछन् र एक दुई ठाँउमा भएका घटनाहरुले सिंगो पर्यटन बर्ष प्रभावमा पर्न सक्छ । यसका साथै हिमाली जिल्लाहरुमा जाँदा पर्यटकलाई बढी जोखिमको सामना गर्नुपर्ने हुन्छ, यसमा सरकारले तत्काल सुरक्षाको प्रबन्ध मिलाउनु पर्ने हुन्छ । यसर्थ सुरक्षाका बिषयमा पनि सरकार संबेदनशिल बनोस् ।
गाईड
पर्यटकलाई गन्तब्यसम्म पुर्याउने, त्यहाँको भौगोलिक, सामाजिक,सांस्कृतिक, पर्यावरणीय, परम्परा, चालचलन, भेषभुषा, आदिका बारेमा स्पष्ट रुपमा बताउन सक्ने गाईडको ब्यवस्था गर्न सक्नुपनि पर्यटन बर्षलाई सफल बनाउने कडी हो । अंग्रेजी बोल्न जान्दैमा गाईड बन्न सक्छ भन्ने हैन उसमा माथि उल्लेखित बिषयहरुमा पर्यटकलाई स्पष्ट पार्न सक्ने, प्रभावित पार्न सक्ने, जिज्ञासु बनाउन सक्ने क्षमता पनि हुनु जरुरी छ । यस बारेमा सरकारले पक्कै पनि ब्यवस्था गरेको हुनुपर्दछ । ६ महिना अघिदेखि सुन्नमा आएका गाईड उत्पादन गर्ने कम्पनीहरुले पक्कै पनि असल, सफल र सक्षम गाईड उत्पादन गरेको हुनुपर्दछ भन्ने आशा राख्न सकिन्छ ।
उपलब्धि मापन
१. पर्यटकले नेपालबाट फर्कदा के लिएर जान्छन् ?? यसबाट सयौं देशका लाखौं नागरिकहरुले आफ्नाे देश फर्कदा नेपालको बारेमा कस्तो सन्देश लिएर जालान ??? जसका कारण नेपाल घुम्न आउने पर्खाईमा रहेका आफ्ना साथीहरुलाई कस्तो सन्देश देलान ???
२. पर्यटकीय क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?? यसको बारेमा सरकारले गरेका प्रचारप्रसार र पूर्व तैयारीका बिषयहरुमा सरकारले के कस्ता विवरणहरु सार्वजनिक गरिरहेको छ ?? पर्यटन मन्त्रालयले आफ्ना वेभसाईडहरुमा कस्ता कस्ता प्रचार सामाग्रीहरुलाई समाबेश गरिरहेको छ भन्ने कुराले पनि पर्यटन बर्षलाई सफल बनाउने या असफल बनाउने भन्ने कुराको निक्र्यौल गर्नेछ ।
वा आफ्ना आसेपासे कार्यकर्ता पाल्नका लागि पर्यटन बर्षको नाम बेचेर सरकारी ढिकुटी स्वाहा पारिदैछ ?? एक सचेत नागरिकले यी र यस्ता प्रश्नहरुको सविस्तार विवरण पाउनु आजको आवश्यकता हो ।
३. २०२० को भ्रमण बर्षमा बिदेशी मान्छे भित्र्याउने कि विदेशी सद्ध्भाव भित्र्याउने हो सोको स्पष्ट खाका सरकारले बनाएको छ कि छैन ?? २०२० मा बिदेशीहरुबाट कति रकम जोहो गर्ने योजना छ ?? र यो रकम कुन कुन क्षेत्रका लागि लगानी गर्ने योजना सरकारले बनाएको छ ??? बिना योजना पैसा असुल्ने र मन्त्री पाल्ने काममा त खर्च हुदैन ? आमनागरिकको चासो यसमा बढी रहेको देखिन्छ ।
४. ठमेलका हिल्लाम्मे गल्ली र राजधानीका खाल्टे र धुलौटे सडकको दुर्दशा देखाउन बोलाईने हो पर्यटक ??? कि पर्यटन बर्ष अगावै यी सडकहरुको स्तरोन्नती गर्ने कार्यक्रम छ ??? पर्यटकका सुरक्षित गन्तब्य मानिएका काठमाडाैं, पोखरा लगायतका स्थानहरुको बाटो र बसपार्कहरुको अवस्थाले के पर्यटकले हामीलाई गिज्याउने त हैनन् ?? आम नागरिकले यसलाई पनि पर्यटन बर्षको चुनौतिको रुपमा हेरेका छन् ।
काठमाडौंका सडकमा अब माक्स लगाएर हिडनु पर्दैन यदि कसैले लगाएमा सरकारलाई हेपेको अनुभव गर्ने सरकारले बनाएका राजधानीका सडकहरु कस्ता छन् ??? कि जावो राजधानीको ४ कोष सडकका खाल्डाखुल्डी पूर्न पनि बिदेशीको अगाडि दाह्रा ङिच्याउन र मुलुकको दर्दनाक अवस्थाको सचित्र बर्णन गर्नका लागि मात्र हो भ्रमण बर्ष ???
५. पर्यटन बर्षका बिषयमा आम नागरिकहरुलाई सरकारले कसरी सुसूचित गरिरहेको छ ? वा आफ्ना आसेपासे कार्यकर्ता पाल्नका लागि पर्यटन बर्षको नाम बेचेर सरकारी ढिकुटी स्वाहा पारिदैछ ?? एक सचेत नागरिकले यी र यस्ता प्रश्नहरुको सविस्तार विवरण पाउनु आजको आवश्यकता हो ।
६. ८० लाख नेपाली भर्भराउदा युवा देशमा २ छाक खान नपुरेर बिदेशी भूमिमा पाखुरा बजार्दै गर्दा २० लाख बिदेशी पाहुनालाई पाल्न सक्ने सरकारको के कस्तो तैयारी छ ??
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार