तराईका अधिकांश भू-भागमा हुस्सु, सर्तकता अपनाउन आग्रह
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार २३:४९:३१
२ पुस काठमाडौं । शीतलहरका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार शीतलहरका कारण पश्चिम तराईका बढी प्रभावित बनेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीलगायत ठाउँमा शीतलहर बढेको छ ।
यस्तै मध्य तराई र पूर्वी तराईका चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही धुनुषा, महोत्तरी, सप्तरी, सिराह, मोरङ, झापालगायतका केही ठाउँमा पनि शीतलहर देखिएको छ ।
यी जिल्लाका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरोसँगै पानीका थोपा नै झर्न थालेकाले शीतलहरको घोषणा गरेको मौसमविद् पोखरेलले बताए । उनका अनुसार एक दुई दिन यी क्षेत्रमा चिसो अझै बढ्ने सम्भावना छ ।
अबको २४ घण्टा पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र तापक्रम घट्ने भएकाले चिसो बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर सचेत पनि गराएको छ ।
घाम नलाग्ने र चिसो बढ्ने भएकाले त्यसबाट बच्न सबैलाई आग्रह गरेको छ । तराईसँगै पहाडी र हिमाली जिल्लामा पनि चिसो बढेको छ ।
हालको अवस्था )Present Weather Status):
हाल तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ। साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा समेत सामान्य हुस्सु/कुहिरो लागेको छ।
आगामी २४ घण्टाको लागि परामर्श
तराईका अधिकांश भुभागमा देखिएको कुहिरो भोलीसम्मनै रहिरहने देखिएको छ। साथै पश्चिमी तराईका एक-दुई स्थानहरूमा शितलहरको स्थिति देखिएको छ। राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बद्ने देखिन्छ। तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा अनुरोध छ।
पश्चिम तराई:- कैलालि, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहि, नवलपुर
मध्य तराई:- चितवन, पर्सा, बारा, रुपन्देहि, सर्लाहि, धनुषा, परासि पूर्व तराई:- महोत्तरि, सिरहा, सप्तरि, सुनसरि मोरङ, झापा
|
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार