आज पीपीएलमा राइनोज र ब्लास्टर्सबीच प्रतिस्पर्धा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ३, २०७६ बिहिबार १४:२८:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/cricket-ground-with-PPL-logo_GFKo3cWZBq.jpg)
३ पुस काठमाडाैं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ‘पीपीएल’ अन्तर्गत आज ‘बिहिबार’ एक खेल हुँदैछ । प्रतियोगितामा अपराजित टिम चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।
लिगमा दुवै टिम अपराजित छन् । खेल पोखरा रंगशालामा दिउँसो साढे ११ बजे हुनेछ । चितवन पारस खड्काको कप्तानीमा रहको छ भने बुटवल सोमपाल कामीको नेतृत्वमा मैदान उत्रने छ ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो । यस्तै, बुटवलले काठमाडौँ गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो । दुई टोलीले तालिकामा समान २ अंक जोडेका छन् ।
रन रेटको अन्तरले चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ । गत संस्करणको पीपीएलको फाइनलमा पुगेको चितवन यस पटकको उपाधि दाबेदार टिम हो ।
तुलनात्मक हिसाबमा चितवन निकै बलियो छ । बुटवलमा भने अधिकांश खेलाडी युवा रहेका छन् । प्रतियोगिताको सिंगला राउण्ड रोबिनको आधारमा हुनेछ ।
लिग चरण सकिंदा शिर्ष स्थानमा रहेको टिम सिदै फाइनल पुग्ने छ भने दोस्रो र तेस्रो हुने टिमले फाइनल प्रवेशको इलिमिनेटर खेल्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार
कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
असार १२, २०८१ बुधबार
केन्यामा कर बढाएको विरोधमा संसद भवनमा तोडफोड र आगजानी
असार १२, २०८१ बुधबार
युरोकप : नेदरल्याण्डसलाई हराउँदै अस्ट्रिया नक आउट चरणमा
असार १२, २०८१ बुधबार