पेप्सीले करिब २ अर्ब राजश्व छलेको आरोप, सञ्चालक गुप्तासहित छ जनालाई तीन वर्ष कैद माग
नेपालबहस संवाददाता
पुस ३, २०७६ शुक्रबार ०:५७:४२
३ पुष, काठमाडौं । चिसो पेयपर्दाथ पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेज प्रालि विरुद्ध राजस्व अनुसन्धान विभागले अरर्बौ राजस्व छलेको भन्दै मुद्दा दायर गरेको छ ।
पछिल्लो समय निकै सक्रिय बनेको विभागले नक्कली भ्याट बिल र आयकर छली गरेको भन्दै एक अर्ब ९४ करोडको माग दावी गरि मुद्दा दायर गरेको हो । यो मुद्दा नक्कली भ्याट बिल र कर छलीमा अहिलेसम्मकै ठूलो मुद्दा हो । विभागले अनुसन्धान गर्दा नक्कली भ्याट बिलमार्फत ६४ करोड ९६ लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको थियो ।
विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै महानिर्देशक दीर्घराज मैनालीले राजस्व ठगीको मुद्दा दायर गरेको जानकारी दिएका हुन् । विभागले कम्पनीका सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई विपक्षी बनाई मुद्दा दायर गरेको छ । उनीहरुबाट यो रकम असुलसहित विगो, जरिवाना र तीन बर्ष कैदको माग गरिएको छ ।
विभागले ६४ करोड ९६ लाख रुपैयाँको विगो दावी गरेको छ । विगोको र यसको दोब्बर जरिवाना १ अर्ब २९ करोड ९२ लाख गरी कुल १ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ दावी गर्दै मुद्दा दायर भएको छ ।
बरुण वेभरेजले झुटो कारोबार मनसाय राखी नक्कली बिजक तयार पार्ने ब्यक्तिसँग मिलेर वास्तविक रुपमा मालबस्तु नै खरिद नगरी झुटो तथा नक्कली कर बिजक तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रुपमा दर्ता गरिएका फर्महरुबाट जारी गरेका बिजक खरिद गरेर राजस्व छलेको विभागको आरोप छ ।
बरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान संचालकहरुबाट विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएर सञ्चालकहरुलाई छाडेको छ । विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेजले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा झुटो मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख गरी कूल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
हेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार