पिपीएल क्रिकेट : चितवनको फराकिलो अन्तरको जित
नेपालबहस संवाददाता
पुस ३, २०७६ शुक्रबार २:४८:५९
३ पुस कास्की । चितवन राइनोजका शुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गरेपछि पोखरा प्रिमियर लिग ‘पिपीएल’ टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर बुटवलले पहिला ब्याटिङका लागि निम्ता दिएपछि प्रतियोगितामा दोस्रो जितको खोजीमा रहेको चितवनले उत्कृष्ट शुरुआत गरेको थियो ।
चितवनका शुरुआती ब्याटस्म्यान रोहन र पारस दुवैले अर्धशतक पूरा गर्दै टोलीका लागि उत्कृष्ट शुरुआत गरेका थिए । रोहनले ५६ बल सामना गरी ७० रन बनाए भने पारसले ४० बलमा ६३ रन जोडेका थिए ।
त्यसैगरी चौथो क्रममा ब्याटिङमा आएका आरिफ शेखले १९ बलमा ४० रन जोडेपछि चितवनले विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो । चितवनले निर्धारित पूरै ओभर खेल्दै तीन विकेटको क्षतिमा २०३ रनको विशाल योगफल तयार गरेको थियो ।
जितका लागि २०४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बुटवल १८ दशमलव चार ओभरमा ८४ रन जोडेर अल आउट हुन पुग्यो । बुटबलका अफ्ताबुद्दिन अहमदले दुई र अविनाश बोहोराले एक विकेट लिएका थिए । बुटवलका शिभम् सिंहले ३३ बलमा ३३ रन बनाए भने भीम सार्कीले २१ बलमा २१ तथा हरि चौहानले २० बलमा १२ रन बनाए पनि अन्य ब्याटसम्यानले दोहोरो अङ्कको रन जोडन् सकेनन ।
चितवनका करण केसीले आफ्नो तीन दशमलव चार ओभर बलिङमा चार विकेट लिएर मात्र ११ रन खर्चिँदै उत्कृष्ट बलिङ गरेका थिए । त्यस्तै रोहन मुस्ताफाले दुई तथा सन्नी पटेल, भुवन कार्की, विक्रम सोव र विक्रम भुसालले समान एक÷एक विकेट लिएका थिए ।
आजको जितसँगै दुई खेल खेलेको चितवन चार अङ्क बटुलेर अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा सहभागी अन्य पाँच टोलीको समान दुई अङ्क रहेको छ । यद्पि काठमाडौँ गोल्डेन वारियर्स र पोखरा पल्टनले तीन खेल खेलिसकेका छन् भने अन्यले दुई खेल खेलेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
अफगानिस्तानको विश्वकप टिममा जोडिए ब्राभो
जेठ ९, २०८१ बुधबार
आईपीएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रौतहटको श्रीराम चिनी मिल सञ्चालन गर्न कार्यदल गठन
जेठ ९, २०८१ बुधबार
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
जेठ ९, २०८१ बुधबार