आर्किटेक्चर काउन्सिल गठन हुन्छ : मन्त्री इश्तियाक राई
नेपालबहस संवाददाता
पुस ५, २०७६ शनिबार २१:५३:४०
५ पुष, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले छुट्टै आर्किटेक्चर काउन्सिल गठन गर्ने बताएका छन् ।इन्जिनियरिङ क्षेत्रकै एउटा विधाका रुपमा रहँदै आएको आर्किटेक्चर एउटा विशेष कला भएकाले यसका लागि काउन्सिल नै आवश्यक रहेको मन्त्री राईको भनाई छ ।
सोसाईटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राईले नेपालको परम्परागत सभ्यता जोगाउँदै वर्तमान पुस्तालाई आधुनिक सुविधासहितका संरचना निर्माणमा लाग्न आर्किटेक्टहरुलाई आग्रह समेत गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने मूल मुद्दामा केन्द्रित सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयका सचिव केदारबहादुर अधिकारीले पर्यटकीय संरचना निर्माणका चुनौतिको पहिचान गरी आगामी दिनमा थप कलात्मक संरचना निर्माणका लागि सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट नेपाल आएका सहभागीहरुलाई आफ्नो मुलुकमा पर्यटन बर्ष २०२० बारे सूचना पुर्याईदिन अनुरोध समेत गरेका छन् ।
सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधान, स्क्याफका अध्यक्ष राजेश थापा लगायतले सम्मेलनले पर्यटकीय संरचना निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
दुई दिनसम्म चल्ने सम्मेलनमा सिंगापुर, इण्डोनेसिया, साउथ कोरिया, बंगलादेश, मलेशिया, फिलिपिन्स लगायतका १० मुलुकबाट आएका सहभागीसहित पर्यटन र निर्माण क्षेत्रमा क्रियाशिल करिब ४ सयको सहभागिता रहेको सोनाका महासचिव सुरज खनालले जानकारी दिएका छन् ।
सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रशस्त गर्न छुट्टाछुट्टै छलफल भइरहेको सोनाका महासचिव खनालले जानकारी दिए । कम लागतमा नै संरचनालाई दीगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्वपूर्ण रहने भन्दै मुलुकको पर्यटन विकासमा टेवा पुर्याउन सम्मेलनको आयोजना गरिएको खनालको दावी छ । शुक्रबारबाट शुरु भएको सम्मेलनको आज समापन हुदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार