चिसो भयो, आउनुस आगो तापौं
नेपालबहस संवाददाता
पुस ५, २०७६ आइतबार १:४८:४१
५ पुस धनगढी । केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आजबाट आगो ताप्ने व्यवस्था गरिएको छ ।
स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क रुपमा दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।
नगरका बासिन्दालाई चिसोबाट बचाउने अभियान स्वरुप आगो ताप्ने व्यवस्था गरिएको भट्टले बताए । यसैबीच नगर क्षेत्रका विद्यालय आसपासका मदिरा पसल तथा होटेलबाट ९५० लिटर अवैध घरेलु मदिरा जफत गरी आजै नष्ट गरिएको छ ।
बढ्दो लागुऔषधको सेवन ओसारपसार सामाजिक चुनौतीको रुपमा देखिन थालेपछि यस्ता विकृति न्यूनीकरणका लागि प्रहरीले टीकापुर क्षेत्रमा हरेक दिन ‘विद्यालयमा एक घण्टे कार्यक्रम’ अभियान पनि थालेको छ ।
विद्यालयका छात्रछात्रालाई लागुऔषधको प्रयोगले मानिसको स्वास्थ्य र समाजमा पार्ने असर, बाल विवाह गर्दा हुने असर लगायतका विषयमा प्रहरी अधिकृतले चेतनामूलक प्रशिक्षण दिने गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार