गुल्मीमा बिकासको नाममा मनपरी बिनास
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार १५:४२:४२
♦ खगेन्द्र भण्डारी
६ पुष, गुल्मी । बिकास भन्नेबित्तिकै प्राय मानिसले बाटो,पानी लगाएतका अत्यावश्यक चीज बुझ्ने गरेको पाइन्छ । देशभर बिकास निर्माणको कार्यले गति लिदै गर्दा अनेकन बिनासको चपेटा पनि जनताले सहनुपरेको छ, यसैको ज्वलन्त उदाहरण हो, गुल्मीको कालीगण्डकी गाउपालिका वडा न २ बौरका स्थानियहरु ।
राष्ट्रिय गौरवकै योजना कालीगण्डकी कोरिडोरको काम भैरहँदा यहाँका स्थानियहरु भने घरवारविहीन जस्तै बनेका छन् । कोरिडोरको कामको जिम्मा पाएको नेपाली सेनाको टोलीले काम गरिरहँदा स्थनियहरुको घरमा प्रत्यक्ष असर पुगेको छ ।करिडोरको बाटो खनिरहँदा करिब १०० मिटर तल रहेका १५ घरधुरी विस्थापित बनेका छन ।
सेनाको टोलीले आफुहरुसँग सरसल्लाह समेत नगरी र बिना जानकारी बम पठ्काएर बाटो खन्दा ठुला ठुला ढुङ्गाहरु खसी घरै भत्केको र जनताहरु सन्त्रासमा रहेको बताउँछन स्थानिय भीष्म पराजुली । उनका अनुसार कतिबेला मरिन्छ जस्तो लाग्छ, कसैले हाम्रो कुरा सुनेन ।
यसबिषयमा कालीगण्डकी गाउँपालिका वडा न २ का वडाध्यक्ष सँग बुझ्दा आफुलाई सामान्य जानकारी भएको र करिब १ घण्टापछि आफू त्यहाँ जाने साथै आफुले सेनाको टोलीलाई समेत जानकारी गराएको बताए । यता पालिका अध्यक्षलाई बुझ्न फोन गर्दा भने फोन सम्पर्क हुनसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार