भुटानी मन्त्रीपरिषदका सदस्यहरुको लोभलाग्दो शैक्षिक योग्यता
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार १६:४१:२२
६ पुष, काठमाडौं । जेल गएको योग्यताका आधारमा नेता बन्ने प्रमुख आधार भएको नेपालमा हात्ती पढेर ठूलो भएको हो र ? अनि कमिला नपढेर सानो भएको हो र भन्ने कुतर्कहरुको बाहुल्यता भएको देश हो ।
विदेशी राजदूतहरुको आदेश कार्यान्वयन गर्नु नै नेपालका नेताहरुको प्रमुख कार्य भएको र नेपाली नेताले आफ्नो विवेक कतै प्रयोग नै गर्नु नपरेपछि नेपालका नेताहरुले किन पढ्नु पर्यो भनी कुतर्क गर्नेहरु पनि नेपालमा प्रशस्तै भेटिन्छन । नेपालमा पढेर डिग्री हासिल गर्नेहरुले कुन गतिलो शिक्षा नै पाएका थिए र भन्नेहरु पनि छन् ?
एमए उत्तीर्ण भएर एक प्याराग्राफ न त नेपालीमा न त अंग्रेजीमा नै शुद्ध लेख्न सक्छन् नेपालका स्नातकोत्तरहरु भन्ने तर्क राख्ने जमात पनि नेपालमा प्रशस्तै छन् । जंगबहादुरले नपढेर नै चार जिल्ला नेपालमा गाभे, बेलायतमा विश्वकै सबैभन्दा ठूलो सम्मान पाए भन्नेहरु पनि छन् नेपालमा ।
नेपाली विश्वविद्यालयका शिक्षकहरु पनि माक्र्स, लेनिन, माओ र अब्राहम लिंकनका सिद्धान्त पढाउने अनि विद्यार्थी जति रातभरी बालपेन्टिङ गर्दै अनि दिनभरी रत्नपार्क र प्रदर्शनीमार्गतिर ढुंगा हान्ने धन्दामा लागेपछि नेपालका डिग्रीधारीको हैसियत पनि के होला ? आफैंमा प्रष्ट हुन्छ भनी तर्क राख्नेहरु पनि छन् ।
नेपालमा उपलव्ध डिग्रीधारीको काम पनि आफ्नो विषयमा विज्ञता हासिल गर्नुको साटो नेताहरुको परिक्रमा, स्तुती गान र भजन गाउनमै खर्च भईरहेको सन्दर्भमा यहाँ कसलाई विज्ञ भन्ने कसलाई अनभिज्ञ भन्ने प्रश्न खडाहरु गर्नेहरु पनि प्रशस्तै छन् नेपालमा ।
तर नेपाल जस्तै भूगोल, भूराजनीतिक अवस्थिति, आर्थिक सामाजिक वातावरण र परिवेश भएको भुटानमा मन्त्रीपरिषद्का सदस्यहरुको योग्यता चाहि लोभलाग्दो छ । यसका लागि तलको टेबुल हेर्नुस । बाँकी समीक्षा गर्ने काम पाठकहरुको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार