सरकारी वकील सम्मेलन : ३३ बुँदे संयुक्त घोषणापत्र जारी
नेपालबहस संवाददाता
पुस ६, २०७६ सोमबार १:२६:९
६ पुस काठमाडौं । सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतहरुको संयुक्त सम्मेलन ३३ बुँदे संयुक्त घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा भएको सम्मेलन आइतबार संहिताको सहि कार्यान्वयनका आधार तय गर्दै सम्पन्न भएको हो ।
३३ बुदे घोषणा तथा प्रतिवद्धता पत्रमा मौलिक हक हनन नहुनेतर्फ सचेत र सजक रहने उल्लेख गरिएको छ । त्यस्तै मुलुकी अपराध संहिता र फौजदारी असुर कार्यान्वयन ऐनको कार्यान्वयन र उक्त ऐनमा एकतरुपता ल्याइ कार्यान्वय गर्ने उल्लेख छ ।
फौजदारी न्याय प्रशासनमा पिडितको न्यायको अधिकार सुनिश्चित गरिने तथा पिडितलाई दिइने क्षतिपूर्ति निर्धारणका आधार निर्माण गर्नुपर्ने आवश्यकता घोषणापत्रमा उल्लेख छ । समापन कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा बादलले मुलुकी संहिताहरु र नविनतम कानूनका बारेमा सर्वसाधारणलाई जानकारी दिने र अनुसन्धानमा खटिने प्रहरी तथा न्याय प्रणालीमा रहेका सरकारी वकिलहरुको दक्षतामा बृद्धि गर्न सम्मेलन महत्वपूर्ण भएको बताए ।
‘व्यावसायिक चरित्र, पारदर्शी व्यवहार निष्पक्ष, अनुसन्धान र अभियोजन, न्यायको आधार’ भन्ने नाराका साथ चलेको सम्मेलनमा देशभरका सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतगरी ६ सय भन्दा धेरै सहभागी थिए ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच सहकार्य बढाउन र सरकारवादी मुद्दामा वस्तुनिष्ट र बैज्ञानिक अनुसन्धान गरी बलियो प्रमाण संकलनका लागि सम्मेलन फलदायी भएको आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार