पुनःनिर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई जरिवाना तिराउने चेतावनी
नेपालबहस संवाददाता
पुस ६, २०७६ सोमबार ३:४०:३
६ पुस काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको काममा ढिलाइ गर्ने ठेकेदारलाई जरिवाना लगाउने चेतावनी दिए । आज राष्ट्रिय समाचार समिति ‘रासस’को भवन पुनःनिर्माणसम्बन्धी कार्यप्रगतिको स्थलगत अवलोकन गर्दै उनले अनावश्यक रुपमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई जरिवाना तिराउने बताए ।
राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले नौ महिनामा सक्नुपर्ने काम २८ महिना लाग्दासमेत पूरा हुन नसकेको तितो अनुभव सुनाउँदै द्रुतमार्गबाट काम अघि बढाउन ज्ञवालीसमक्ष आग्रह गरेका थिए । उनले समयमै निर्माण सम्पन्न नहुँदा बिहानदेखि रातिसम्म दिनुपर्ने सेवा प्रभावित भएको र थप कार्यक्रम सञ्चालन गर्नसमेत नसकिएको जानकारी गराए ।
महत्वपूर्ण क्षेत्रको पुनःनिर्माणको काममा ढिलासुस्ती गर्न नहुनेमा जोड दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्माण कम्पनी सिद्धबाबा कन्ट्रक्सन प्रालिको गतिविधिबारे आफूले अध्ययन गर्ने र कमजोरी पाइए कारवाही गर्नेसमेत बताए ।
राससको भवन दुई वर्षमा सक्ने गरी २०७४ साउन २६ मा निर्माणको सम्झौता भएको थियो । सम्झौतामा पहिलो भवन नौ महिनामा बनाइसक्ने र पहिलो भवन हस्तान्तरण गरेको १५ महिनामा दोस्रो भवन सक्ने उल्लेख छ । तर, २८ महिना पुग्दासम्म पहिलो भवन हस्तान्तरण हुन सकेको छैन ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जुनसुकै कारण भए पनि नौ महिनाको काम २८ महिना लगाउने कुरा स्वीकार्य हुन नसक्ने भन्दै निर्माण कम्पनीले जिम्मा लिएका सबै कामको आफूले अध्ययन गर्ने बताए । भवन निर्माणको जिम्मा पाएको सिद्धबाबा कन्ट्रक्सनले शुरुमा साईट क्लियर नभएको, चाडपर्व परेको र पछि भवनको विद्युतीय प्रणाली फेरबदल गर्नुपर्दा ढिला हुन पुगेको दाबी गरेको छ । ज्ञवालीले भने केही महिना ढिला हुनु स्वभाविक भए पनि १९ महिना ढिला हुनुलाई सामान्य रुपमा लिन नसकिने बताए ।
ज्ञवालीले भने, “अब जे भए पनि निष्कर्ष निकाल्नुको विकल्प छैन, अलमल गर्नुहुँदैन, राससको भवन निर्माणको बाँकी काम तत्कालै अघि बढाउनुपर्छ ।” द्रुतमार्गबाट भए पनि कामलाई तीव्र गतिमा अगाडि बढाउन उनले प्राधिकरणका कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशनसमेत दिए ।
अबको कामको तत्काल लागत निकालेर दीर्घकालीन योजनाका साथ अघि बढ्न आग्रह गर्दै राससका लागि चाहिने फर्निचर व्यवस्थापनमा समेत आवश्यक प्रक्रिया अघि बढाउन प्राधिकरणका कर्मचारीलाई निर्देशन दिए । उनले मुलुकको पुनःनिर्माणको अवस्था शुरुका दिनमा केही कमजोरी रहेपनि पछिल्लो समयमा साँच्चिकै प्रगति भएकाले त्यस्ता विषयलाई थप स्थान दिनसमेत राससलाई आग्रह गरे । उनले समाजमा राससले पु¥याएको योगदानको भने मुक्तकण्ठले प्रशंसा गरे ।
राससका महाप्रबन्धक ओपेन्द्र शर्माले भवन निर्माण भए पनि फर्निचरलगायत व्यवस्थापन हुन नसकेको जानकारी गराउँदै बाँकी कामलाई तीव्रता दिने कुरामा आवश्यक समन्वयका लागि अनुरोध गरे ।
उक्त छलफलका क्रममा रासस सञ्चालक समितिका सदस्यद्वय डिल्लीराम भट्टराई र एकराज पाठक, प्रधानसम्पादक श्याम रिमाल, कार्यकारी व्यवस्थापक उत्तम सिलवाललगायत ठेकेदार कम्पनीका प्रतिनिधि र पुनःनिर्माण प्राधिकरणका कर्मचारीको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार