अष्ट्रेलियामा आगलागीका कारण ४ सय नागरिक विस्थापित
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १६:३७:२४
७ पुस एजेन्सी । गर्मीसँगै फैलिएको ‘विनाशकारी’ आगलागीका कारण अष्ट्रेलियाको एउटा समुदायलाई ठूलो क्षति पुगेको छ । आगलागीका कारण अष्ट्रेलियाको एउटा नगर नै विस्थापित भएको छ ।
न्यू साउथ वेल्सकी नेतृ ग्ल्याडिज बेरेजिक्लियननका अनुसार सिड्नीको दक्षिण पश्चिममा रहेको बालमोरलका ४ सय नागरिक विस्थापित भएका छन् । बढ्दो तापक्रमसँगै अष्ट्रेलियाका थुप्रै राज्यमा अग्निनियन्त्रकलाई आगो निभाउनसमेत कठिन भइरहेको छ ।
बालमोरलका स्थानीय मुश्किलले ज्यान जोगाउन सफल भएका छन् । बालमोरलका स्थानीय नागरिक स्टिभ ह्यारिसन आफूले मुश्किलले ज्यान जोगाएको बताउँछन्, ‘म आफ्नो गाडीतर्फ भागेँ । तर बगैँचामा आगो फैलिसकेको थियो । सडकमा पनि आगोको लप्का आइसकेको थियो । मैले आफू उम्किन सक्दिनँ जस्तो लाग्यो ।’
गएको सेप्टेम्बरदेखि अष्ट्रेलियामा फैलिएको विनाशकारी आगलागीका कारण अहिलेसम्म ९ जनाको ज्यान गएको छ । त्यस्तै सयौँ घर आगलागीले ध्वस्त भएका छन् भने लाखौँ हेक्टर जमिनमा आगलागीले क्षति पुगेको छ ।
गएको आइतबार अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुःखद परिस्थितिका बेला आफू बिदा मनाउन गएकोमा माफी मागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
पुुरुष युु–१९ एसिया कपः आज नेपाल अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङले गरे स्वागत
मंसिर १८, २०८१ मंगलबार