भुकम्पबाट पुर्ण रुपमा क्षति भएका विद्यालयको पुर्ननिमार्ण हुन ढिलाई, ५१ प्रतिशत काम मात्रै सम्पन्न
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार २३:५:३०
मिना कंडेल
८ पुष, नवलपुर । भुकम्पले क्षति पुर्याएको निजी आवासतर्फको पुनःनिर्माण कार्य सक्ने जिल्ला नवलपरासी पहिलो बनेको भएपनि पुर्ण रुपमा क्षति भएका विद्यालय भने अझै सम्पन्न हुन सकेका छैनन् ।
वि.सं २०७२ बैशाख १२ को बिनाशकारी महाभुकम्पका कारण पुर्वी र पश्चिम नवलपरासीमा ८७२ घर पुर्ण रुपमा क्षति भएका थिए भने २१० वटा बिद्यालयका ५२० कक्षा कोठा पुर्ण रुपमा क्षति भएका थिए । जसअन्र्तगत ३७ वटा विद्यालयको ७२ कोठा निर्माण भैसकेको छ ।
शुरुमा निजी आवासतर्फ र विद्यालयतर्फ एउटै निकायले हेदै आएको भएपनि गत साउन १ गतेबाट भने शिक्षा मन्त्रालय अन्तर्रगतका निकायले हेर्दै आएको छ । अहिले १६ विद्यालय निर्माण भएका छन् । त्यस्तै गरि २१ वटा निर्माण भइरहेको राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण जिल्ला आयोजना शिक्षा कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेश्वर पराजुलीले बताए । २१० विधालयका २६८ वठा कोठा मात्र निर्माण हुन सकेको छ भने अझै २५२ कक्षा कोठा निर्माण गर्न वाँकी रहेको प्रमुख पराजुलीले बताए । ३० शौचालयमा ५ वटा निर्माण सम्पन्न भएको छ ।
भुकम्पबाट प्रभावित पूर्वी नवलपरासी र पश्चिममा ९४ प्रतिशत नीजि संरचना निर्माण हुँदै गर्दा विधालयमा ५१. ५३ प्रतिशत मात्र निर्माण कार्य हुन सकेको छ । चैत्र मसान्तसम्म पूर्ण रुपमा क्षति भएका विद्यालयहरुको निर्माण सक्ने लक्ष्य भएपनि विद्यालयमा प्राधिकरणले वजेट निकासा नदिँदा सम्पन्न गर्न कठिनाई परेको प्रमुख पराजुलीको भनाई रहेको छ । शिक्षाको भवन निमार्ण गर्दा ४५ करोड खर्च लाग्ने बताइएको छ ।
नीजि आवासतर्फ भने अहिलेसम्म ९४ प्रतिशत नीजि घरहरु निर्माण सम्पन्न भैसकेको र सेवाग्राहीले सवै किस्ता समेत लगिसकेको राष्ट्रिय पुर्न्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताएका छन् । पूर्वी नवलपरासीमा भुकम्पबाट निजी आवास क्षति भएको भनेर दुई हजार दुई सय ४६ वटा नयाँ गुनासो दर्ता भएको र आफूहरुले अुनगमन सकेर केन्द्रमा पठाइसकेको प्रमुख कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार