अमेरिकी अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिमा ब्लेयर नियुक्त
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १५:१३:१५
९ पुस एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिका रूपमा रोबर्ट ब्लेयरलाई नियुक्त गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।
सोमबारको निर्णयअनुसार ब्लेयरलाई अमेरिकी फाइभ–जीको बजार बिस्तार प्रयासमा सहयोगका लागि उनलाई प्रतिनिधि तोकिएको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ब्लेयरले राष्ट्रपतिको सहयोगी तथा ह्वाइट हाउसका कर्मचारी प्रमुखको वरिष्ठ सल्लाहकारका रूपमा सम्हाल्दै आएको जिम्मेवारीलाई पनि निरन्तरता दिनुहुनेछ, विज्ञप्तिमा भनिएको छ ।
ब्लेयरले अमेरिका राष्ट्रपतिको कार्यालयको कर्मचारी प्रमुखका वरिष्ठ सल्लाहकारको हैसियतमा राष्ट्रपति ट्रम्पमाथि यूक्रेनसँगको सम्बन्धका विषयमा अमेरिकी कङ्ग्रेसको तल्लो सभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मा राष्ट्रपतिमाथिको महाअभियोग प्रस्ताबका लागि लगाइएको आरोपबारे सशक्त प्रतिवाद गरेका थिए । उनले आरोपबारे अनुसन्धानकर्ताहरूलाई ट्रम्पको तर्फबाट जवाफ पेश गरेका थिए ।
ह्वाइट हाउसमा नियुक्त हुनभन्दा पहिले उनले रक्षा कार्यक्रमअन्तर्गत व्यवस्थापन तथा बजेट उपनिर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनले ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ अन्तर्गत विनियोजन समितिको कर्मचारीका रूपमा एक दशकभन्दा बढी काम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार