शाखा विस्तारमा लागेको प्रभू लाइफ ६० करोडको शेयर निष्काशन गर्ने तयारीमा
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १८:२५:२९
९ पुष, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । सुर्खेत शाखा, टिकापुर उप–शाखा तथा अत्तरिया उप–शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको इन्स्योरेन्सले जनाएको छ । सुर्खेत, टिकापुर तथा अत्तरिया तीनवटै कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले यही पौष ७ र ८ गतेका दिन गरेका थिए ।
अध्यक्ष घिमिरेले कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरुकाभन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह गरे । समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख ब्यवसाय अधिकृतहरुको सहभागिता रहेको थियो ।
समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्यसहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी दिनहरुमा कम्पनीले आवश्यकता अनुरुप देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने र निकट भविष्यमा नै कम्पनीले सर्वसाधारणको लागि रु. ६० करोडको शेयर निष्काशन गर्ने तयारीमा रहेको जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार