हाइटीमा खाद्य असुरक्षाको खतरा बढ्दै
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार १९:२५:१४
९ पुस एजेन्सी । राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा लामो आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको बताइएको छ । यहाँ विगतमा महिनौदेखि आन्दोलन भएको थियो । त्यसका कारण पनि यहाँको आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो ।
यहाँ विगतमा महिनौँदेखि सरकारका विरुद्धमा प्रदर्शन भएको थियो । विशेषगरी आन्दोलनकै कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा जनाइएको छ । राजनीतिक अस्थिरताकै कारण यहाँ गएको सेप्टेम्बरको मध्यदेखि व्यापार व्यावसायका साथै विद्यालय, विश्वविद्यालय पनि लामो समय बन्द रहेका थिए ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ । हाइटीमा दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकेकोले देशको आर्थिक अवस्थाका साथै खाद्य उत्पादन पनि कम हुदै गएको उनको भनाई छ ।
उनले हाइटीका लाखौँ मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने उनले बताए । एक पछिल्लो प्रतिवेदनका अनुसार अहिले पनि हाइटीका करिब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेका छन् । साथै उनले आगामी दिनहरुमा पनि यो समस्याको समाधान हुनुको सट्टा थप जटिल बन्दै जाने अवस्था रहेको बताए ।
संयुक्त राष्ट्रसङ्घले केही समय अघि प्रकाशन गरेको ‘इन्टिग्रेटेड फेज क्लासिफिकेसन’ ‘आइपिसी’ प्रतिवेदनमा यस्तो अवस्था रहेको पाइएको बताइएको थियो । त्यस अवस्थामा तत्कालै सुधार ल्याउन नसकिने पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन विश्वव्यापी रुपमा खाद्यान्नको समस्या के कस्तो छ र त्यसका कारण के हुन् भनी पत्ता लगाउने प्रणाली बमोजिम तयार पारिएको हो ।
सो प्रतिवेदनले हाइटीको यस खाद्यान्न अभावको समस्या समाधानका लागि विशेष कदम चाल्नुपर्ने सुझाव पनि दिएको छ ।आगामी करिब चार महिनाभित्रै यहाँ कम्तीमा पनि ४२ लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नुपर्ने अवस्था आउने उक्त प्रतिवेदनले औल्याएको छ ।
यसैकारण संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले हाइटीको यो अवस्था अत्यन्तै संकटपूर्ण अवस्था भएकोले यसका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार