ओलीको अनावश्यक दुई तिहाई, राजनीतिक अस्थिरता चुलिने संकेत
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार २०:५२:२८
सम्पादकीय
९ पुष, काठमाडौं । नेपाली जनताले प्रचण्ड वहुमत दिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई त्यो शक्ति बाँदरको हातमा नरिवल भएको छ । खड्गप्रसाद ओलीको अहंकारी सोच र दम्भले सरकार बहुमतको भएपनि सधैं अस्थिरताको भूमरीमा फसेको देखिन्छ । जनताले त्यति ठूलो जनमत दिएको भएपनि उनको चित्त बुझेन । त्यसैले उनी दुई तिहाईको घोडा चढ्न आतुर भए ।
परिणामतः ओलीले उपेन्द्र यादवसँग अप्राकृतिक गठबन्धन बनाए, त्यो पनि संविधान संशोधन गर्ने सर्तमा । नेपाली जनताले एकल सरकार चलाउन मत दिएपनि उनले त्यसको अपमान गरे । बहुमतको सरकार बनाउने जनमत पाएको नेकपाले किन दुई तिहाईको शक्ति खोज्यो ? त्यसको जवाफ ओलीले दिन सकेनन् । इतिहासमै पहिलो पटक यो जनमत पाएको कम्युनिष्ट सरकारले जनजीवकाको सवालमा पक्कै केही गर्ने छ भन्ने जनअपेक्षा थियो ।
ओलीले संविधान फेर्छु भनेर तमसुक गरेर भित्र्याएको समाजवादीलाई सत्ताबाट गलहत्याउने षडयन्त्र रच्नु पर्यो । आखिर किन त ? स्वभाविक छ ओली युज एण्ड थ्रो पोलिसीमा विश्वास गर्ने नेता हुन् । अब उनको ध्यान मधेसकै अर्काे शक्ति राष्ट्रिय जनता पार्टी (राजपा) लाई हरियो घाँस देखाउने तिर केन्द्रित भएको छ ।
तर ओलीको एकांकी सोच र निषेधको राजनीतिले त्यो संभव भएन । उनलाई पार्टी भित्र र बाहिर कतैबाट कुनै संत्राश छैन, चुनौती भएपनि कुनै लछारपाटो लगाउने अवस्था छैन । तैपनि उनी केही गर्न सक्ने अवस्थामा भएनन् । त्यसको कारण भनेकै उनमा रहेको अहंकारपूर्ण सोच नै हो । तर त्यही पनि उनले जोगाउन सकेनन् । समाजवादी दललाई सरकारबाट घोक्रेठ्याक लगाउने अवस्था बनाइ दिए । जसले गर्दा मुलुक फेरि अर्काे अस्थिरतामा प्रवेश गरेको छ ।
दुई तिहाइको लालचमा आफैंले भित्र्याएको समाजवादी फोरमलाई अन्ततः सरकारबाट बाहिरिन वाध्य बनाइयो । उपेन्द्र यादवको पार्टीलाई सरकारमा ल्याएको १९ महिनाको अवधिमा सरकारले दुई तिहाईको शक्ति कतै प्रदर्शन गर्न सकेन । साथै नेपाली जनताले पनि दुई तिहाईको कुनै अनुभूति गर्न पाएनन् ।
एकाएक ओलीले संविधान फेर्छु भनेर तमसुक गरेर भित्र्याएको समाजवादीलाई सत्ताबाट गलहत्याउने षडयन्त्र रच्नु प¥यो । आखिर किन त ? स्वभाविक छ ओली युज एण्ड थ्रो पोलिसीमा विश्वास गर्ने नेता हुन् । अब उनको ध्यान मधेसकै अर्काे शक्ति राष्ट्रिय जनता पार्टी (राजपा) लाई हरियो घाँस देखाउने तिर केन्द्रित भएको छ । ओलीलाई राम्रो ज्ञान छ – राजपालाई सत्ताको घाँस देखाउँदा कस्तो परिणाम आउँछ भनेर ।
त्यसको पूर्वाभ्यास उनले सुरु गरिसकेका छन् । राष्ट्रिय सभाको आगामी चुनावमा उनले सरकारको विरोधमा रहेको राजपासँग गठबन्धन गरेका छन् । यो गठबन्धनले नेकपाले खासै पाउने केही छैन । तर उनलाई राम्रोसँग थाहा थियो – उपेन्द्र यादव चाहिं बिच्कने छन् ।
केवल समाजवादी फोरमलाई सत्तामा लगेर दुई तिहाईको दम्भ देखाउन मात्रै उनले यो षडयन्त्र रचेको धेरैले बुझेकै विषय थियो । यस्तै फोरम पनि एउटा निहुँ बनाएर सत्तामा जान आतुर थियो । त्यसका लागि पुष्पकमल दाहाल प्रचण्डको साथ र समर्थनमा उपेन्द्रले ओलीसँग उधारो तमसुक गरेका थिए । सबैलाई थाहा थियो केवल सत्तामा जाने र लाने बहाना मात्र थियो त्यो संविधान संशोधनको मुद्धा ।
नभन्दै भयो पनि त्यस्तै समाजवादी फोरम सरकारबाट बाहिरिएको छ । अब राजपालाई पनि उनी युज एण्ड थ्रो गर्ने पक्षमा छन् । राजपाका केही नेताले नेकपासँग सत्ता गठबन्धन नगर्ने प्रतिक्रृया दिएको सञ्चारमाध्यममा खबर आएका छन् । तर चुरो कुरो भने राजपाका संयोजक राजेन्द्र महतोसँग ओलीले गरेको आन्तरिक सहमति नै हो ।
केही समयपछि राजेन्द्र महतोको नेतृत्वमा राजपा ओली सरकारमा गयो भने अनोठो नमाने हुन्छ । त्यसको तारतम्य तयार भइसकेको बुझाई नेकपा भित्रकै कतिपय नेताहरुको रहेको छ । आखिर ओलीलाई दुई तिहाईको सिरक किन चाहियो ? काम गर्न उनलाई कुनै समस्या छैन । नाच्न नजान्ने आँगन टेढो एकजना नेताको टिप्पणी यस्तो छ ।
ओलीको यो बचकनाले नेपालमा फेरि राजनीतिक अस्थिरता चुलिने संकेत मिलेको छ । दुई तिहाईको खोल ओढ्ने ओलीको रहरले अर्काे परीक्षणलाई थेग्नुपर्ने अवस्थामा मुलुक प्रवेश गर्दै छ । समाजवादी फोरमको सरकारबाट भएके बहिर्गमनलाई ओली मार्काले गज्जब ठानेका होलान्, तर देश भने नजानिदो तरिकाले दलदलमा भासिंदै गएको बुझ्न सकिन्छ ।
साँच्चै भन्ने हो भने संविधान संशोधनको तमसुक गरेपनि ओली सुरुदेखि नै त्यसको विरुद्ध थिए । केवल समाजवादी फोरमलाई सत्तामा लगेर दुई तिहाईको दम्भ देखाउन मात्रै उनले यो षडयन्त्र रचेको धेरैले बुझेकै विषय थियो । यस्तै फोरम पनि एउटा निहुँ बनाएर सत्तामा जान आतुर थियो । त्यसका लागि पुष्पकमल दाहाल प्रचण्डको साथ र समर्थनमा उपेन्द्रले ओलीसँग उधारो तमसुक गरेका थिए । सबैलाई थाहा थियो केवल सत्तामा जाने र लाने बहाना मात्र थियो त्यो संविधान संशोधनको मुद्धा ।
त्यसैले फेरि राजपालाई सरकारमा ल्याएर दुई तिहाईको भूत जगाउने प्रयास गरे भने मुलुक फेरि अर्काे दुर्दशामा फस्ने निश्चित छ । दुई तिहाई त ओलीको देखाउने दाँत मात्र हो भन्ने आम जनताले बुझि सकेका छन् । त्यसैले ओलीले यस्तो त्रुटि नदोह¥याए मुलुकले सास्ती भोग्नु पर्ने थिएन ।
ओली जस्तो असहिष्णु व्यक्तिले त्यति सहजै संविधान संशोधनको मुद्धामा सहमति जनाएको आफैंमा अपत्यारिलो लागेको हो । यस्तै उपेन्द्र पनि सत्तामा नगए राजपाले बाजी मार्ला की भन्ने अर्काे त्राशमा थिए । त्यसैले सत्तामा उक्लने भरेङका रुपमा उसले पनि संविधान संशोधनको मुद्धालाई उठाएको हो ।
अहिले त्यही मुद्धा फेरि सरकारबाट बाहिरिने आधार बन्यो उसका लागि । संविधान संशोधनको मुद्धा बोकेर मन्त्रिपरिषद बैठक पुगेका उपेन्द्रले यस विषयमा कुरा गर्न खोजे । तर ओलीले उल्टै सातो लिए । अनि सरकारबाट बाहिरिने हतियारका रुपमा फेरि त्यही संविधान संशोधनको विषय उपयोग गरियो ।
प्रधानमन्त्री ओलीको दुई तिहाईको भोक अझै मरेको जस्तो छैन । त्यसैले फेरि राजपालाई सरकारमा ल्याएर दुई तिहाईको भूत जगाउने प्रयास गरे भने मुलुक फेरि अर्काे दुर्दशामा फस्ने निश्चित छ । दुई तिहाई त ओलीको देखाउने दाँत मात्र हो भन्ने आम जनताले बुझि सकेका छन् । त्यसैले ओलीले यस्तो त्रुटि नदोह¥याए मुलुकले सास्ती भोग्नु पर्ने थिएन । ओलीको बुद्धि र राजेन्द्र महतोको लालचले कस्तो गुल खिलाउने हो, त्यो निकट भविष्यमा पक्कै पटाक्षेप हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार