ओलीको दुईतिहाईको दम्भ सकियो : यादव
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार २१:१८:१५
९ पुष, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वकाे सरकारसँग १९ महिने यात्रा गरेको समाजवादी फोरमले आजबाट औपचारिक रुपमा बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले पूर्वसहमति पालना नगरेको भन्दै समाजवादी पार्टीले सत्ता छाड्ने निर्णय गरेको हो ।
पार्टीद्वारा बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आजैबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिएको छ । निवर्तमान उपप्रधानमन्त्री एवं पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले हतारमा संविधान जारी गर्दा त्रुटि भएको स्वीकार गरी ओलीले संविधान संशोधन गर्न सहमति जनाएकाले आफूहरु सरकारमा सामेल भएको स्मरण गरे । तर ओली विगत सहमतिबाट टाढिनु भएकाले हामी सत्तामा टाँस्सिनुको कुनै अर्थ नदेखेर सरकारबाट बाहिरिएको पनि उनले बताए ।
यसका साथै प्रधानमन्त्रीबाट अपमानजनक व्यावहार भएकाले पनि आफूहरु सहयात्रा गर्न नसक्ने निश्कर्षमा पुगेको उनले प्रष्ट्याए । अबको यात्रा प्रतिपक्षको हुने स्पष्ट गर्दै यादवले भने– संविधान संशोधनको पक्षमा जोडदार आवाज उठाउने छौं ।
उनले भने अब ओलीको दुई तिहाईको दम्भ पनि सकिएको छ । दुई तिहाईको दम्भ देखाउने हतियारका रुपमा मात्र आफूहरुलाई दुरुपयोग गर्न खोजेकाले पनि नेकपासँगको सहयात्रा लामो हुन सकेन –यादवले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार