क्रिश्चियनका सर्वोच्च धर्मगुरुद्वारा मध्यरातमा क्रिसमसको शुभारम्भ
नेपालबहस संवाददाता
पुस ९, २०७६ बुधबार २३:४:४५
९ पुष, काठमाडौं । क्याथोलिक इसाईका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले मध्यरातमा क्रिसमस पर्व शुभारम्भ गरेका छन् । भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स बासिलिकामा क्रिसमसको पूर्वसन्ध्यामा आयोजित समारोहमा भेला भएका मानिसलाई सम्बोधन गर्दै उनले क्रिसमसको शुभारम्भ गरेका हुन् ।
यशु ख्रिष्टको जन्मदिनका अवसरमा मनाइने क्रिसमसको शुभारम्भ समारोहमा उनले भने, “हामी असल भएपनि खराब भएपनि प्रभुले हामी सवैलाई निरन्तर माया गरिरहनु हुन्छ ।” “तपाईँहरूले गलत विचार गरेको हुन सक्छ र पूरै अस्तव्यस्तता निम्त्याएको हुन सक्छ, तथापि ईश्वरले माया जारी राख्नुहुन्छ,“ उनले थपेका छन् ।
क्रिसमसको दिन पोप फ्रान्सिस सेन्ट पिटर्स बासिलिका फर्कने र त्यहाँबाट उनले क्रिसमसको शुभारम्भ गर्दै विश्वलाई सन्देश दिने परम्परा रहेको छ । विश्वभरी रहेका एक अर्ब तीस करोड क्याथोलिक क्रिश्चियन धर्माबलम्बीलाई उनले मंगलबार सम्वोधन गरेका हुन् ।
यशुको जन्मस्थल मानेर श्रद्धा गरिने बाइबलसँग सम्वन्धित स्थल बेथ्लेहेममा आयोजित सो कार्यक्रममा विश्वभरबाट क्रिश्चियन धर्मावलम्बी ठूलो सङ्ख्यामा पुगेका थिए । उनले क्रिसमसको शुभारम्भ गरेसँगै क्रिश्चियन धर्मावलम्बी रहेका ठाउँमा क्रिसमस मनाउने क्रम सुरु भएको छ । क्रिसमसका अवसरमा शुभकामना आदानप्रदान गर्ने मिठो खाने, राम्रो लगाउने, रमाइलो गर्नेलगायतका क्रियाकलाप हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार