डीआईजी शाही भन्छन्, चिनियाँको खोजी ३–४ महिनादेखि थियो
नेपालबहस संवाददाता
पुस ९, २०७६ बिहिबार १:११:३१
९ पुस काठमाडौं । पर्यटक भिसामा प्रवेश गरेर नेपालमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा पक्राउ परेका १२० चिनियाँलाई ५ दिनको म्याद थप गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले काठमाडौैंको मनमैजु, बूढानीलकण्ठ र महाराजगन्ज क्षेत्रबाट पक्राउ गरेको हो ।
उनीहरुलाई तारकेश्वर १ मनमैंजु, महाराजगन्ज बुढानीलकण्ठ ३ का ९ वटा घरमा छापा मारी पक्राउ गरिएको थियो । सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चिनियाँ नागरिकका साथबाट बरामद ७४७ थान मोबाइल, ३३१ थान ल्यापटप, ९८ थान सीपीयु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३२७ थान सिमकार्ड र ६७ वटा पासपोर्ट सार्वजनिक पनि गरेको छ ।
ब्युरोका निर्देशक डीआईजी निरजबहादुर शाहीले चिनियाँ अधिकारीको जानकारीका आधारमा पछिल्लो ३–४ महिनादेखि सक्रिय रुपमा आपराधिक क्रियाकलापमा संलग्न चिनिया नागरिकको खोजीमा लागेको जानकारी दिए ।
उनीहरुलाई नेपालको प्रचलित कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको डीआईजी शाहीले बताए । डिआईजी शाहीले अनुसार चिनियाँ पक्षले नेपाल प्रहरीलाई औपचारिक रुपमै धन्यवाद दिएको बताए ।
चिलीको सान्टियागोमा भएको इन्टरपोलको ८८ औं महासभामा एनसीबी बेइजिङ र एनसीबी काठमाडौंका प्रमुखबीच सीमापार साइबर अपराधबारे जानकारी आदानप्रदान गरेअनुसार नेपाल प्रहरीले सूचना विकास गरेको थियो । त्यसैअनुसार चिनियाँ प्रहरीको समेत सहयोगमा प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार