नेम्वाङलाई भेट्न प्रचण्डले गरे इन्कार
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार १९:३१:२८
१० पुष, काठमाडौं । किचलो र दम्भले भरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुईतिहाइको समर्थन त गुमाइसकेको छ नै, उता रिक्त रहेको सभामुख पदका लागि ठुलो अपहत्ते गरिरहेको छ । अपहत्ते यस अर्थमा कि आगामी सोमबार नयाँ सभामुखका लागि संघीय संसद्मा निर्वाचन प्रकृया सुरु हुने भएपनि सत्ताधारी दलभित्र कसलाई सभामुख बनाउने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन ।
नाममा सहमति नजुटेपनि भोलि शुक्रबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताइन्छ । प्रचण्ड भने पूर्वमाओवादी नेता अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन चाहन्छन् । तर ओलीले चाहेनन् भने प्रचण्ड एक्लैले सापकोटालाई सभामुख बनाउन मुश्किल देखिन्छ ।
यही पुस ४ गते सुरु भएको संसद अधिवेशनको पहिलो कार्यसूचीका रुपमा सभामुख चयन रहेको छ । यस सन्दर्भमा आज विहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय खड्गप्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएपनि सहमति जुट्न सकेन । नयाँ सभामुखमा कसलाई प्रस्ताव गर्ने विषयमा आफूलाई स्वतन्त्रता दिन प्रचण्डले ओलीलाई आग्रह गरेपनि ओलीले पछि सल्लाह गर्ने बताएको स्रोतको दावी छ ।
वार्ताका क्रममा ओलीले अबको संसद ज्यादै पेचिलो र महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्थामा रहेको भन्दै परिपक्व र अनुभवीलाई सभामुख बनाउनु पर्ने तर्क गरेका थिए । ओलीले नाम नलिए पनि उनको संकेत भने पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङतिर लक्षित रहेको स्रोतको भनाई छ ।
आज नाममा सहमति नजुटेपनि भोलि शुक्रबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने बताइन्छ । प्रचण्ड भने पूर्वमाओवादी नेता अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन चाहन्छन् । तर ओलीले चाहेनन् भने प्रचण्ड एक्लैले सापकोटालाई सभामुख बनाउन मुश्किल देखिन्छ ।
उनीहरुको बुझाईमा नेम्बाङ अमेरिकी एजेण्ट हुन् । साथै पूर्व सभामुख कृष्णबहादुर महरालाई फसाउने पनि उनै नेम्बाङ नै हुन् । त्यसैले प्रचण्ड पनि नेम्बाङसँग तर्कन थालेको स्रोतको भनाई छ ।
त्यसैले प्रचण्ड यो सन्दर्भमा ठूलै तनावमा हुनुहुन्छ – एकजना पूर्वमाओवादी नेताले भने । तर भरपर्दाे स्रोतका अनुसार भोलि पनि यस सन्दर्भम टुंगो लाग्न सक्दैन । नेम्बाङ र सापकोटाको नाममा सहमति नजुट्ने अवस्था आउँदा अहिलेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले बाजी मार्न सक्ने अवस्था आउन सक्छ – ती नेताले भने ।
पूर्वमाओवादी पक्ष पनि आफूले नपाउँदा तुम्बाहाम्फेलाई नै सभामुख बनाउन सहमत हुने बुझिएको छ । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको बलियो साथ र समर्थन रहेकी तुम्बाहाम्फेलाई नै सभामुख बनाउन सबै बाध्य हुने अवस्था नआउला भन्न सकिन्न । पूर्वमाओवादी पक्षले सभामुख पद नेम्बाङलाई कुनै पनि हालतमा दिन नहुने निश्कर्ष निकालेको छ ।
उनीहरुको बुझाईमा नेम्बाङ अमेरिकी एजेण्ट हुन् । साथै पूर्वसभामुख कृष्णबहादुर महरालाई फसाउने पनि उनै नेम्बाङ नै हुन् । त्यसैले प्रचण्ड पनि नेम्बाङसँग तर्कन थालेको स्रोतको भनाई छ । संसदीय दलका उप नेतासमेत रहेका नेम्बाङले प्रचण्डसँग भेट्न पटक–पटक प्रयास गर्दा समेत सफल भएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार