आईजीपी खनालको उपस्थितिमा डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
पुस १०, २०७६ शुक्रबार ०:१३:७
१० पुष, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा अमेरिकाको भर्जिनियास्थित ईसिपीआइ युनिभर्सिटिका प्रोफेसर डा. रामहरि सुवेदीद्वारा डिजिटल नेपाल सम्बन्धी प्रस्तुतीकरण कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बिहीबार सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी प्रविधिमा अब्बल हुनुपर्ने बताएका छन् । पछिल्लो समयमा विश्वव्यापी रुपमा प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनले समयसापेक्ष रुपमा प्रहरीले पनि आफूलाई प्रविधिमैत्री बनाउँदै दक्षता वृद्धि गर्नुपर्ने बताए । आज प्रहरी प्रधान कार्यालयमा भएको डिजिटल नेपालसम्बन्धीको एक अनुशिक्षण कार्यक्रममा उहाँले डिजिटल नेपालका लागि प्रहरी साङ्गठनिक रुपमा सबल हुँदै साधन स्रोत व्यवस्थापनको गरी मातहतसम्म ज्ञान पु¥याउनुपर्नै आवश्यकता औँल्याए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले प्रस्तुतीकरण प्रहरी संगठनका लागि फलदायी र निकै महत्वपूर्ण भएको चर्चा गर्दै महत्वपूर्ण जानकारीका लागि प्रोफेसर डा. सुवेदीलाई धन्यवाद दिए । प्रस्तुतीकरणका विषयलाई अगाडि बढाउन क्षमता अभिवृद्धिका साथै नीति निर्माणका लागि पहल गरिने उनले बताए ।
प्रहरी महानिरीक्षक खनालले डिजिटल नेपालका लागि सांगठनिक रुपमा सबल हुनुको साथै व्यक्तिगत रुपमा ज्ञान बढाउनुपर्नेमा जोड दिँदै प्रणालीगत रुपमा साधनस्रोत व्यवस्थापनको साथै मातहतसम्म ज्ञान पुर्याुउनुपर्ने चर्चा गरे । सूचना प्रविधिसँग सम्बन्धित प्रहरी युनिटहरुले उनीसँग समन्वय गरी विशेष योजना बनाएर अगाडि बढनुपर्ने उल्लेख गर्दै उनले प्रोफेसर डा. सुवेदीबाट आगामी दिनमा समेत सहयोग पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रोफेसर डा। सुवेदीले Developing Cyber Security Framework प्रस्तुत गर्दै पूर्वाधार निर्माण तथा विकास, दक्ष जनशक्ति उत्पादन, शैक्षिक प्रणालीमा विकास, कानुन निर्माण तथा उचित कार्यान्वयन लगायतका विषयलाई प्राथमिकता दिनसके डिजिटल नेपालको कल्पना गर्ने सकिने बताए । यसका लागि सुरक्षा निकायले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए । साइबर अपराधको अवस्था, यसबाट हुने खतरा, सुरक्षाको वर्तमान अवस्था, साइबर अपराधको विश्वव्यापी अवस्थाबारे जानकारी दिँदै उनले साइबर अपराध न्यूनीकरणका चुनौती र समाधानका उपायबारे चर्चा गरे ।
प्रस्तुतीकरण कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालय, केन्द्रीय साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा लगायत विशिष्टिकृत साइबर सुरक्षासँग सम्बन्धीत कार्यालयका प्रमुखहरु तथा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार