शहरका होडिङ बोर्ड हटाइने, बैंक तथा व्यापारिक प्रतिष्ठानहरुकाे कराेडाैंकाे लगानी खरानी !
नेपालबहस संवाददाता
पुस १०, २०७६ शुक्रबार १:१७:३४
१० पुष, काठमाडौं । करोडौं खर्च गरेर शहरका चोकचोक र घरघरमा झुण्डाईएका होडिङ बोर्डहरु सरकारले हटाउने भएको छ । खासगरि बैंक तथा व्यापारिक प्रतिष्ठानहरुले बार्षिक करोडौं खर्च गरेर आआफ्नो व्यापारिक विज्ञापनहरु शहरका चोकचोक र घरहरुमा टाग्ने गरेका थिए ।
त्यसले शहरलाई नै कुरुप बनाएको भन्दै सरकारले त्यसरी राखिएका विज्ञापन पाटी (होर्डिङ बोर्ड), पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री अब हटाउने भएको छ । यसबाट बैंक तथा व्यापारिक प्रतिष्ठानहरुकाे कराेडाैंकाे लगानी क्षणभर मै खरानी हुने भएकाे छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौं महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको हो । अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही अघि बढाउने बैठकले निर्णय गरेको छ ।
महानगरपालिका,नगरपालिका र व्यक्तिगत घरका मालिकहरुको राम्रो आम्दानीको स्रोतका रुपमा रहेका त्यस्ता विज्ञापन सामाग्रीहरु माथि सरकारको आँखा लागेको हो । यसैगरी,बैठकले अव्यवस्थित टागिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय गरेको छ ।
गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन लागेको बताए । सर्वोच्च अदालतले समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि त्यस्ता संरचना हटाउन शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गृहसचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार