प्रदेश नं २ मा माघ २ गतेदेखि छोरी बीमा सप्ताह
नेपालबहस संवाददाता
पुस ११, २०७६ शुक्रबार १५:२२:४६
११ पुस जनकपुरधाम । प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।
विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगी बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको छ ।
आगामी माघ २ गतेदेखि प्रदेशको आठ वटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका संयोजक प्रियङ्का यादवले बताए । उक्त शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने जनाइएको छ ।
माघ २ गतेदेखि शुरु हुने छोरी बीमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुनेछन् । यस अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरुको बीमा शतप्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार