रुघाखोकीले स्वास्थ्यचौकीमा बिरामीे बढ्दै, गाउँनै थला
नेपालबहस संवाददाता
पुस १२, २०७६ शनिबार १७:५२:३०
१२ पुस सिमकोट । हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मंसिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ ।
सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । करिब ५०० घरधुरी रहेको सो गाउँमा यतिबेला रुघाखोकीका बिरामीले गाउँ नै थला परेको छ । जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन् ।
रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेव नर भण्डारीले जानकारी दिए । स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए ।
उनले भने, “रुघाखोकी सरुवा रोग हो, ठेहेमा घरहरू एकापसमा जोडिएर बनेकाले एकजनालाई लागेको रोग गाउँमै फैलिएको छ ।” अहिले स्वास्थ्यचौकीमा बिरामीको चाप बढी भएकाले जिल्ला अस्पताल सिमकोटबाट ल्याइएको औषधि विरतण गरिएको भण्डारीले जानकारी दिए । “स्वास्थ्यचौकीमा अहिले औषधि थोरै छ, बिरामीको चाप बढ्दै जाँदा औषधि पनि अभाव हुने देखिएको छ”, उनले भने ।
ठेहे स्वास्थ्यचौकीमा अहिले एक जना अहेव र कार्यालय सहयोगी मात्रै रहेको भण्डारीले जानकारी दिए । दैनिक ४५ देखि ५० जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको उनले बताए ।
यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिए । उनका अनुसार मौसमी रुघाखोकीले बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार