पुराना शिक्षकलाई बाजा बजाएर अवकाश दिने मेयरको घोषणा
नेपालबहस संवाददाता
पुस १२, २०७६ शनिबार १९:२३:४७
१२ पुष, काठमाडौं । काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । शुक्रवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । विहिवार पनि तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो ।
शुक्रवार एकै दिन धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण गरिएको हो । हिजो बिहिवार पनि जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)ले दक्षिणकाली नगरपालिकाका तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको थियो ।
धर्म विद्याश्रम आधारभूत विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुको विकल्प नभएको बताए । इकाईले नयाँ भवन बनाइदिएपछि त्यसमा विद्यार्थी भरेर गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको नगरप्रमुख बोहराले बताए । पुराना शिक्षकबाट नयाँ शिक्षा सम्भव नभएको भन्दै पुराना शिक्षकहरुलाई प्रोत्साहनसहित बाजा बजाएर घरमै पुर्याएर छाड्ने उनले स्पष्ट पारे ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौंका इकाई प्रमुख अर्जुन रायमाझीले काठमाडौंमा भूकम्प प्रभावित विद्यालयहरुको पुनर्निर्माणले तिब्रता पाएको बताए । अब कोही पनि बालबालिका अस्थायी टहरामा पढ्न नपर्ने भन्दै रायमाझीले काठमाडौंमा केही समयमै विद्यालय पुनर्निर्माणले पूर्णता पाउने स्पष्ट पारे ।
नयाँ भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको भन्दै उनले यदि गुणस्तरीय शिक्षा दिन सक्दिन जस्तो लागे पेशा परिवर्तन गर्न शिक्षकहरुसँग आग्रह गरे । ‘अब भवन छैन भनेर बहाना बनाउने छुट छैन’–रायमाझीले भने–‘नयाँ भवन पाएपछि पुरानै शैलीको शिक्षण सिकाईले हुँदैन ।’
शनिवार पनि कंकाली मावि चन्द्रागिरी, कुञ्चिप्वाकल मावि तारकेश्वर र सीतापाइला मावि नागार्जुनलाई नयाँ भवन हस्तान्तरण गरिने रायमाझीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार