अवैध लागूऔषध पोलेण्डसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
पुस १३, २०७६ आइतबार १९:२८:६
१३ पुस काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१० कपन साततलेबाट अवैध लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दोलखा घर भएका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका-४ घर भएका २५ वर्षीय बिबेक श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्दा शेर्पाको साथबाट २ सय २४ दशमलव ७० ग्राम र श्रेष्ठको साथबाट ४ सय ७५ दशमलव १० ग्राम गरी उक्त परिमाणको लागूऔषध पोलेण्ड र डिजिटल तराजु सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हातहतियार तथा विष्फोटक पदार्थसहित मानिसहरू पक्राउ
ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको घर खानतलासी गर्दा ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, ३ फिट ८ ईन्च लम्बाईको सेफ्टि फ्युज वायर, टाईम सेटिङ डिभाईस जस्तो वस्तु ३ थान, रिमोट कन्ट्रोल ३ थान, ब्याट्री सेट २ थान, जिलेटिन ४५ थान र कटुवा पेस्तोल १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुनसरी, बराह क्षेत्र नगरपालिका-८ सेरेचोकबाट ५ राउन्ड गोली लोड भएको मेड इन यूएसए लेखिएको रिभल्बर १ थान र विभिन्न कम्पनीका मोबाईल ९ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट गाउँपालिका-४ काफलडाँडा बस्ने ४१ वर्षीया उमा भुजेल र झापा दमक नगरपालिका-२ बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को.३५ प ६३३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त रिभल्बर र मोबाइलहरूसहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू किमडोल बस्ने जुन नुच्छे महर्जनको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ बस्ने २८ वर्षीय विशाल बिष्ट सहित ५ जनालाई नगद ८६ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
छुट्टाछुट्टै स्थानका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं, सप्तरी, पाल्पा र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीलाई हाल नाम,थर,वतन नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, कंचनरुप नगरपालिका-४ कविलाशा टोलस्थित सडकमा शनिबार दिउँसो को.२ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा, तिनाउ गाउँपालिका-३ ड्याम साईडस्थित सडकमा लु.२ ख १७६३ नम्बरको टिपर र लु.१९ प २८०३ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सिद्धान्त थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, दमक नगरपालिका-५ यलम्बर चोकस्थित सडकमा को.३५ प ७७२१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक ईलाम महमाई गाउँपालिका बस्ने ३६ वर्षीय राजकुमार लिम्बुको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल नष्ट
ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा चोक बस्ने राजेश पासवानको कवाडी पसलस्थित जुटको बोरा गोदाममा शनिबार बेलुका आगलागी भई विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, ६ वटा दमकल, १ वटा वाटर क्यानन, ५ वटा पानी ट्याङ्कर र १ वटा जेसीबीको सहयोगमा आगलागी नियन्रणमा लिइएको छ ।
सर्लाही, हरिवन नगरपालिका-११ हरिवन बजार बस्ने शेख फैज अहमदको गुलाम फेन्सी स्टोरमा बिद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा पसल पूर्णरुपमा जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।पर्सा, बीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने बडेलाल साह सोनार र रामराज चौधरीको होटलमा ग्याँस सिलिण्डर लिक भई शनिबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
खोटाङ, खोटेहाङ गाउँपालिका-६ नेर्ला बस्ने प्रकाश बुढाथोकीको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी भएका स्थानहरूमा तत्काल खटिएको स्थानीय प्रहरीले स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार