सडकमा कराउँदा सीपी गजुरेललाई किन पक्राउ गरियो ?
नेपालबहस संवाददाता
पुस १३, २०७६ सोमबार १:४२:५१
१३ पुष, काठमाडौं । पूर्वमाओवादी नेता एवं मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्।
कालापानी, लिम्पियाधुरा तथा लिपुलेकसहितका क्षेत्र भारतीय प्रशासनले आफ्नो भएको दावी गरेर नक्सानै सार्वजनिक गरेपछि नेपालभित्र चर्किएको राष्ट्रिय स्वाधीनताको आन्दोलनका क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै पक्राउ परेका उक्त पार्टी अन्य नेता र कार्यकर्तालाई नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ।
प्रहरी स्रोतका अनुसार सीमा मिचिएकोलगायत विषयलाई लिएर आन्दोलन गर्ने क्रममा गजुरेललगायतको समूहले नेपाल प्रहरीमाथि ढुंगामुढा गरेको थियो । त्यस क्रममा एक जना प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक सामान्य घाइते भएको सुवेदीले बताए।
सोही आन्दोलनमा सहभागीमध्ये एक जनाले नेपालबहस डटकमलाई भने :– प्रहरीले अनावश्यक बल प्रयोग गरेको छ, देशको सीमा मिचिएको छ तर सरकार कुटनीतिक पहल भइरहेको छ भन्दै मौन बसेको छ । किन ? उनको प्रश्न छ, सीमाना मिचियो भनेर सडकमा कराउँदा आज सीपी गजुरेललाई किन पक्राउ गरियो ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार