भ्रमण वर्ष : नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान
नेपालबहस संवाददाता
पुस १५, २०७६ मंगलबार १५:५६:३८
१५ पुस भद्रपुर । सन् २०२० को जनवरी १ तारिखका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्ने भएको हो ।
नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान गरिनेछ । प्रवेशद्वारमै कार्यक्रमको आयोजना गरी सो दिन विभिन्न जातजातिको झाँकीसहितको विशाल ¥याली निकालिने र उनीहरुको जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने नगर पर्यटन विकास समितिका संयोजक तथा नगरउपप्रमुख मीना उप्रेतीले बताए ।
उनले यस नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिन होर्डिङबोर्ड राख्ने र घरबासको व्यवस्थाका बारेमा जानकारी दिने बताए । उनले सुरक्षाकर्मीसँगको समन्वयमा सुरक्षा संयन्त्रलाई मजबुत बनाएको बताए।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ जिल्ला कमिटीले सोही दिन भद्रपुर विमानस्थल भएर आउने पहिलो हवाईयात्रुलाई सम्मान गर्ने जनाएको छ । झापाका पर्यटकीयस्थलको बारेमा जानकारी दिने र एकपटक घुम्नका लागि निम्तोसमेत दिने नेकपा जिल्ला सदस्य शिव ढुङ्गेलले बताए ।
भद्रपुर नगरपालिकाले विमानस्थलमै नगरका पर्यटकीय स्थानको बारेमा जानकारी दिन दृश्य बोर्ड राख्ने जनाएको छ । नगरमै रहेको महाभारतकालीन महत्व बोकेको किच्चक बध, महेन्द्र उद्यान, विभिन्न जातजातिका धार्मिक मठमन्दिर रहेको कमलधापलगायका बारेमा बोर्डमा जानकारी दिइने नगरका प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
इजरायल र हिजबुल्लाहले अमेरिकी प्रस्ताव स्वीकार गर्दा बाइडेन खुसी
मंसिर १२, २०८१ बुधबार
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
मंसिर १२, २०८१ बुधबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
गोलभेडा खेतीमा कीटनाशक औषधि छर्किदै किसान
मंसिर १२, २०८१ बुधबार
श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित
मंसिर १२, २०८१ बुधबार