कुमारी बैंकको २१औं शाखा रहित बैंकिङ्ग सेवा छोम्रोंगमा
नेपालबहस संवाददाता
पुस १५, २०७६ बुधबार ०:२०:४
१५ पुष, काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्नपूर्ण–११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको शुभ अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गबाट सम्पन्न भएको हो । उद्घघाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।
बैंकले कास्की जिल्लामा ३ शाखाहरु – पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताएका छन् । बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान एइक् ःबअजष्लभ पनि जडान गरिसकेको छ ।
विगत १९ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार