राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा ट्राफिक प्रहरी
नेपालबहस संवाददाता
पुस १६, २०७६ बुधबार १८:१३:२९
१६ पुष, सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक ट्राफिक प्रहरी आएको हो ।
जिल्लाभित्रका विभिन्न क्षेत्रमा चल्ने सवारीसाधन दुर्घटनामा परी ज्यान गुमाउनेको क्रम बढेपछि ट्राफिक प्रहरीको आवश्यकता परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । एक प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना ट्राफिक प्रहरी रहने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कार्यालयका अनुसार नयाँ ट्राफिक दरबन्दी स्वीकृत भएको र केही दिनभित्रै ट्राफिक कार्यालयसमेत स्थापना हुनेछ ।
बजारमा कार्यालयका लागि भाडामा भवन खोजेको र नपाउँदासम्म जिल्ला प्रहरी कार्यालयभित्रै छुट्टै कार्यालय स्थापना हुने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना हुन लागेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार