नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोहमा न्युरोडको फोटो कन्सर्न
नेपालबहस संवाददाता
पुस १६, २०७६ बुधबार २३:२१:४
१६ पुष, काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली स्मार्ट लाईसेन्स बनाएर बिक्री गर्ने ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।
सक्कली स्मार्ट लाईसेन्स बनाउन ६ महिनादेखि एक बर्षसम्म लाग्ने भएपछि नक्कली लाईसेन्स बनाएर बिक्री गर्ने गिरोह सक्रिय भएको थियो । छिट्टै धन कमाउने लोभमा सक्रिय ६ जनालाई प्रहरीले पक्राउ गरेपछि न्युरोडको सबैभन्दा पुरानो फोटो स्टुडियो मानिने चर्चित फोटो कन्सर्नको रहस्यपनि पर्दाफास भएको छ ।
स्मार्ट सवारी चालक अनुमति पत्र र सरकारी कार्यालयका कर्मचारीहरुको परिचयपत्र नक्कली बनाई बिक्री गरी प्रयोग गरेको भन्ने सूचना प्रहरीलाई प्राप्त भई संलग्न रहेका ब्यक्तिहरुको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा र महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ,काठमाण्डौको संयुक्त टोली खटिएको थियो ।
उक्त टोलीले अनुसन्धान गर्दै जाँदा गत पुष १५ गते पुतलीसडकबाट दीपक ब्लोनलाई ०२०६००४४३३९७ नं. को BFG वर्गको नक्कली स्मार्ट लाईसेन्स फेला पारी पक्राउ गरेको थियो । ब्लोनको बयानका आधारमा नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बल्खुमा रहेको सुवास भन्ने बुद्धिबहादुर रोक्काले ३० हजार लिएर आफ्नो आशिष स्टुडियोबाट डिजाईनिङ गरी काठमाडौंको न्युरोडमा रहेको फोटो कन्सर्न प्रा.लि. बाट नक्कली स्मार्ट लाईसेन्स बनाई लिने गरेको खुलासा भएको थियो ।
प्रहरीका अनुसार फोटो कन्सर्न प्रा.लि.ले बिभिन्न ब्यक्तिहरुको सरकारी लिखतहरु डिजाईनिङ गरी प्रिन्ट गरी बिक्री गर्ने गरेको भन्ने खुल्न आई आशिष स्टुडियोका संचालक सुवास भन्ने बुद्धिबहादुर रोक्कालाई दीपक ब्लोनको नामको स्मार्ट लाईसेन्स, बिभिन्न ब्यक्तिहरुको सवारी चालक अनुमति पत्र थान-४, नागरिकताका प्रमाणपत्रहरु, भारत सरकारको आधार कार्डसहित पक्राउ गरिएको र फोटो कन्सर्न प्रा.लि.न्युरोडमा खानतलासी गर्दा लक्ष्मण झाक्रीको नामको सवारी चालक अनुमतिपत्र, निजकै नामको सशस्त्र प्रहरी जवानको परिचय पत्र, बिभिन्न कलेजहरुको परिचयपत्रहरुको प्रिन्ट,सीपीयु, कटर मेसिन, प्रिन्टर, हार्डड्राईभ सर्बर सेमत फेला पारी बरामद गरिएको छ ।
अनुसन्धानको क्रममा उक्त प्रा.लि. का फोटोग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्ता गुरुङ, प्रिन्टर तथा मार्केटिङको काम गर्ने अशोक कार्की, क्यासियर मोहन यादवलाई पक्राउ गरी पक्राउमा परेका उल्लेखित ब्यक्तिहरुलाई लिखत सम्बन्धी कसूरमा अनुसन्धानको लागि परिसर काठमाडौं प्रहरी परिसर पठाईएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार