चन्द्रमा पुग्ने भारतको तेस्रो योजना सार्वजनिक
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार १४:३०:५२
१७ पुस काठमाडौं । विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ।
भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के. शिवनले मानवरहित चन्द्रयान-३ मिसनसम्बन्धी कार्य ‘सहज रूपमा’ अघि बढिरहेको बताएका छन्। उनका अनुसार उक्त मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म ‘पुग्न सक्ने’ सम्भावना छ।
योजना सफल भए भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र हुनेछ जसले कम लगानीसहितको अन्तरिक्ष शक्तिका रूपमा उसको साख बढाउनेछ।
यसै वर्ष प्रक्षेपण गरिएको चन्द्रयान-२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए । चन्द्रयान-२ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिसन पठाउने योजनामा काम गरिरहेको छ।
नयाँ उपकरणहरूको मूल्य करिब ३५ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ। मिसनको पूर्ण लागत भने निकै बढी हुने अपेक्षा गरिएको छ। शिवनका अनुसार सन् २०२० मा भारतले कम्तीमा २५ वटा मिसन प्रक्षेपण गर्ने योजना बनाएको छ। उनले इसरोले मानवसहित अन्तरिक्षको कक्षमा पुग्ने योजनामा पनि ‘राम्रो प्रगति’ भइरहेको बताएका छन्।
त्यसका लागि चारजना अन्तरिक्षयात्री तय गरिएका छन्। यसै महिनाको अन्त्यतिर उनीहरूले रुसमा तालिम लिन शुरू गर्ने बताइएको छ। सन् २०२२ मा हुने भनिएको त्यो मिसनमा तीनजना अन्तरिक्षयात्रीले सहभागिता जनाउन सक्ने सम्भावना छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार