असान्दर्भिक बन्ने खतरामा कांग्रेस
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार १९:३५:१५
सम्पादकीय
१७ पुस काठमाडौं । कुनै बेला थियो – देशको राजनीतिक परिस्थितिबारे कांग्रेसको धारणा के छ भनेर जान्न धेरैलाई उत्सुकता हुन्थ्यो । हुन पनि स्थापनाकालदेखि नै कांग्रेस यो देशको मूल राजनीतिक संस्था बनेको थियो । मुलुकमा भएका सबै परिवर्तनको अगुवाई गर्ने नेपाली कांग्रेसकै वरिपरि राजनीतिक परिवेश चल्ने गथ्र्याे , चाहे त्यो पञ्चायतकालमा नै किन नहोस् ।
त्यसको कारण थियो, कांग्रेसको नेतृत्व बीपी कोइरालाले गर्थे । उनको व्यक्तित्व र सम्वन्ध विश्वव्यापी थियो । अमेरिका , चीन र भारत जस्ता मुलुकमा समेत बीपीको भूमिकालाई गणना गरिन्थ्यो । बीपी रहुञ्जेल प्रतिपक्षमै रहेपनि कांग्रेस कै वरिपरी देशको राजनीतिले फन्को माथ्र्याे । बीपीको अवशानपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले संयुक्त रुपमा कांग्रेसलाई हाँके ।
यी तीनै जना नेताले कांग्रेसको कद अझै बढाए । पञ्चायत ठल्यो, कांग्रेस अझै बलशाली बन्यो । ०४६ सालको परिवर्तनपछिको लामो समय पुरानै पुस्ताका कांग्रेसीले पार्टी हाँके । कृष्णप्रसाद भट्टराई , गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले कांग्रेसको लगाम सम्हाल्दा समेत कांग्रेसकै वरिपरी मुलुकी राजनीतिले फन्को माथ्र्याे । बूढाहरु सकिए, अब कांग्रेस पनि भूमिका शून्य बन्न थाल्यो ।
खासगरी शेरबहादुर देउवाको हातमा कांग्रेसको नेतृत्व आएपछि कांग्रेस भूमिकाविहीन बन्न पुगेको छ । त्यति मात्र हैन , राष्ट्रिय राजनीतिको चासोमा समेत परेन अबको कांग्रेस । देउवाले पार्टीको नेतृत्व सम्हाले यता पनि नेपाली जनताले सत्तामा बस्ने मौका दिएकै हुन् नेपाली कांग्रेसलाई । तर जब जब देउवा सत्तामा पुगे कुनै कुनै रुपमा पार्टीलाई क्षति नै पु¥याएको इतिहास छ । चाहे त्यो ०५८ सालमा तत्कालिन राजा ज्ञानेन्द्रको उक्साहटमा लागेर संसद् विघठन गर्ने निर्णय होस् वा गत आम निर्वाचनका बेलाको रबैया नै किन नहोस् ।
तीन तीन वटा क्रान्तिको अगुवाई कांग्रेसले नै गरेको हो । तर त्यो इतिहास अब इतिहासकै पानामा सीमित भएको छ । राजनीतिक समस्या आउँदा कांग्रेसप्रति जाने गरेको आँखा अब बन्द हुन थालेका छन् । कम्युनिष्टहरुको एकाधिकारवादी चरित्रबाट वाक्क दिक्क भएका आम जनताको ध्यान कांग्रेसतिर सोझिने अवस्था लगभग अन्त्य भएको छ ।
आम निर्वाचनमा लज्जास्पद पराजयपछि उनले पार्टी नेतृत्व छाडेका भए उनी इतिहासमा महान कहलिन्थे । साथै कांग्रेसले नयाँ उर्जा समेत प्राप्त गरिसक्थ्यो । तर त्यो अवसर कांग्रेसले पाएन , त्यसको दोषी अरु कोही हैन , स्वयं देउवा नै हुन् ।देउवाकै नालायकीले पार्टी इतिहासमै सर्वाधिक कमजोर बनेको छ । तीनै तहका सरकार नेपाल कम्युनिष्ट पार्टीको कब्जामा छ । तर उसले जनजीविकाका सवालमा माखो मारेको छैन ।
जनतामा केपी ओली सरकारप्रति चरम निराशा र आक्रोश छ । विकल्पमा सरकार दिनुपर्ने कांग्रेस भने भूमिका शून्य छ । प्रजातन्त्रमा सरकार अलोकप्रिय हुँदा जनताले प्रमुख प्रतिपक्षीप्रति ठूलो आशा र भरोशा गरेको हुन्छ । तर नेपालमा भने कांग्रेसप्रति कसैको ध्यान र रुचि छैन । कारण प्रष्टै छ, आफैं समस्याग्रस्त कांग्रेसले देशका लागि केही गर्ला भनेर कसैले पत्याएको छैन । आम मानिसको बुझाई यही हो कांग्रेसका प्रति । वैकल्पिक सरकारको रुपमा रहने प्रतिपक्षी दल आफ्नै घर झगडामा फसेको छ । महाधिवेशन गर्ने समय एक वर्ष लम्ब्याएर सर्वसत्तावादी चरित्र देखाउन अभिशप्त कांग्रेसको पछिल्लो रोइलो देखेर धेरैको चित्त कुँढिएको छ ।
सकेसम्म एकले अर्कालाई सक्ने नसके भाग शान्ति जय नेपाल । यो चरित्रबाट कांग्रेस सबैभन्दा बढी ग्रसित छ । अहिले कांग्रेसको नेतृत्व तहमा बसेका नेताहरुको अभिष्ट यही नै रहेको छ । मुलुकमा जब जब संकट आइपर्छ त्यतिबेला कांग्रेसले नै संकटमोचन गर्ने गरेको इतिहास छ । तीन तीन वटा क्रान्तिको अगुवाई कांग्रेसले नै गरेको हो । तर त्यो इतिहास अब इतिहासकै पानामा सीमित भएको छ । राजनीतिक समस्या आउँदा कांग्रेसप्रति जाने गरेको आँखा अब बन्द हुन थालेका छन् । कम्युनिष्टहरुको एकाधिकारवादी चरित्रबाट वाक्क दिक्क भएका आम जनताको ध्यान कांग्रेसतिर सोझिने अवस्था लगभग अन्त्य भएको छ ।
सिंगो पार्टीको सभापति भन्दा एउटा गुटको मात्र नेताका रुपमा देउवाले आफूलाई उभ्याएकाले यो अवस्था आइपरेको हो ।पार्टी भित्र बढेको पछिल्लो अविश्वासको वातावरण चिर्ने भन्दा त्यसलाई बल पुग्ने गरी देउवाले बहुमतको लाठो लगाएर निर्णय गर्न थालेका छन् । त्यसले पार्टीलाई अझै क्षति पुगेको छ ।
आज २ बजेका लागि बोलाइएको केन्द्रीय कार्य समिति बैठकमा असन्तुष्ट पक्षलाई सहभागी गराउन नसक्नु देउवाको सबैभन्दा ठूलो विफलता हो । आजै असन्तुष्ट पक्षले दिउँसो ३ बजे महामन्त्री डा. शशांक कोइराला निवासमा बेग्लै बैठक गर्नुले कांग्रेसलाई थप क्षति पुग्ने छ । यही रुपमा जाने हो भने अब काँग्रेस नै मुलुकका लागि असान्दर्भिक हुने खतरा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार