आजदेखि न्यू साउथ वेल्समा एक हप्ता ‘सङ्कटकाल’काे घोषणा, सतर्कता अपनाउन आग्रह
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार १३:२४:१७
१८ पुस एजेन्सी । डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ ।
प्रसिद्ध शहर सिड्नी रहेको अस्ट्रेलियाको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता अहिलेको भन्दा थप तापक्रम बढ्ने र वेगका साथ हावा चल्ने पूर्वानुमान त्यहाँको मौसम विज्ञान विभागले गरेको छ । तापक्रम र हुरी चल्ने पूर्वानुमानपछि डढेलोको खतरा अझै बढ्ने खतरालाई मध्यनजर गर्दै शहरी क्षेत्रका हजारौँ मानिस भागेर समुद्री किनारामा पुगेका छन् ।
अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म कम्तीमा १८ जनाको मृत्युभएको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा एक हजार ३०० भन्दा बढी घर पूर्णरूपमा जलेका बताइएको छ । डढेलोको खतरा बढेसँगै यो हप्ता मात्रै कम्तीमा १७ जना मानिसहरू हराइरहेका वा परिवार र साथीको सम्पर्कमा आउन नसकेको बताइएको छ ।
अहिलेसम्म डढेलोका कारण कम्तीमा ५५ लाख हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ ।
यसवर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका सबैजसो राज्यमा तापक्रम करिब ४० डिग्रीको वरपर पुगेको छ । गत हप्ता मात्र डढेलोले सयौँ घरमा क्षति पु¥याएपछि न्यू साउथ वेल्स सरकारले एक हप्ताका लागि सङ्कटकाल घोषणा गरेको छ । सङ्कटकाल शुक्रबारदेखि सात दिन रहने बताइएको छ ।
बढ्दो तापक्रम वृद्धिसँगै मुलुकका अधिकांश क्षेत्रमा वेगसाथ हावाहुरी आउनसक्ने अनुमानसँगै राजधानी क्यानवेरामा पनि ‘डढेलोको खतराबाट एक हप्ता सावधानी अपनाउन विपत् सेवा निकायले आग्रह गरेको छ । यद्यपि राजधानी शहर रहेको प्रान्तमा अहिलेसम्म ठूलो डढेलो लागेको भने छैन । सम्भावित भवितव्यलाई लिएर क्यानवेरामा उक्त सावधानीको सूचना जारी गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार