महिलाको सहकारी : नौ वर्षमा पन्ध्र हजारबाट २५ लाखको शेयर पूँजी
नेपालबहस संवाददाता
पुस १९, २०७६ शनिबार १४:३०:४
१९ पुस काठमाडौं । स्थानीय महिलाले रु पन्ध्र लाख शेयर पूँजीबाट शुरु गरेको घट्टेकुलोस्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको नौ वर्षमा रु २५ लाख ३८ हजारको शेयर पूँजी बनाएको छ ।
सो सहकारीले पछिल्ला वर्षमा घाटा न्यूनीकरण गर्दै सुधारको दिशामा आफूलाई रुपान्तरण गर्न प्रयासरत रहेको संस्थाका अध्यक्ष अम्बिका सुवेदीले बताइन। संस्थाको २०७६ असार मसान्तसम्मको वार्षिक बासलात प्रतिवेदनमा शेयर पूँजी बढेर रु २५ लाख पुगेको जनाइएको छ ।
संस्थाका कोषाध्यक्ष निरा शर्मा रेग्मीका अनुसार सो अवधिमा साधारण बचत रु ८९ लाख ९३ हजार ३०२, जगेडा तथा अन्य कोषमा रु १७ लाख ९५ हजार ८७, ऋण लगानी रु ८७ लाख १६ हजार ६२७ र अन्य शीर्षकमा गरी रु ११ करोड ८८ लाख चार हजार ८७ कारोवार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कूल रु सात करोड ८६ लाख एक हजार ५२४ को कारोवार भएको थियो ।
संस्थाको शुक्रबार सम्पन्न नवौँ साधारणसभामा काठमाडौँ महानगरपालिका–२९ अध्यक्ष कुशकुमार ढकालले कतिपय सहकारीमा पदाधिकारीकै बीचमा हुने झगडा, ऋण लिएर व्यवसाय नगर्नेजस्ता समस्या वडा कार्यालयमा आउन थालेको जनाउँदै त्यस्तो प्रवृत्तिबाट बच्न सुझाव दिए । पूर्वसांसद कल्याणी रिजाल र नेपाल महिला सङ्घका प्रमुख सल्लाहकार सिर्जना सिहंले सानो पूँजीबाट शुरु भएको सो सहकारीको प्रगतिको कामना गरे । कार्यक्रममा विभिन्न असल बचत र ऋणिलाई पुरस्कृत गरिएको थियो । संस्थामा हाल करिब ३०० सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार