राष्ट्रसंघको मुख्यालय जाने तयारीमा रहेका इरानका विदेशमन्त्रीलाई प्रवेषाज्ञा दिइएन
नेपालबहस संवाददाता
पुस २२, २०७६ बुधबार ४:५३:४
२२ पुस एजेन्सी । अमेरिकी शहर न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय जाने तयारीमा रहेका इरानका विदेशमन्त्रीलाई अमेरिकाले प्रवेषाज्ञा ‘भिषा’ दिन अस्वीकार गरेको विदेशमन्त्री जावेद जरिफले मङ्गलबार बताएका छन्।
इरानी विदेशमन्त्री जरिफले बिहीवार हुने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा हुने खुला बहसमा इरानको धारणा राख्न जाने कार्यक्रम रहेको थियो । विदेशमन्त्री जरिफलाई उद्धृत गर्दै राष्ट्रसंघको सुरक्षा परिषद्मा सहभागीता जनाउनका लागि संयुक्त राज्य अमेरिकाले प्रवेषाज्ञा नदिएको विदेशमन्त्रीलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
निर्णयले विदेशी नेताहरूलाई प्रवेशाज्ञा दिने सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालय सहमतिको उल्लङ्घन गर्छ ।इरानी विदेशमन्त्रीले भने, “हामीलाई थाहा भए अनुसार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिवलाई फोन गरी जरिफलाई प्रवेषाज्ञा दिन समयका कारण असम्भव देखिएकाले उनलाई प्रवेषाज्ञा नदिने बताइएको थियो ।”
जवाफमा राष्ट्रसङ्घका महासचिवले बैठकमा भाग लिन पाउने इरानको अधिकार रहेको पोम्पेओलाई बताएको इरानी वरिष्ठ कूटनीतिज्ञलाई उदृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था आइएसएनएले लेखेको छ । यद्यपि जरिफको प्रवेषज्ञा अस्वीकृत भएकोबारे वासिङ्टनद्वारा आधिकारिक पुष्टि भएको भने छैन ।
अमेरिकाले इराकको राजधानीमा ड्रोन आक्रमण गर्दा इरानी विशेष सुरक्षा बलका कमाण्डर जनरल कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिका र इरानबीच केही वर्ष यता देखिँदै आएको तनाब थप बल्झिने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
किन नेपाल भ्रमणमा आउँदैछन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ?
मंसिर १८, २०८१ मंगलबार
सुनको मूल्य तोलामा १ हजारले बढ्यो
मंसिर १८, २०८१ मंगलबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार