अमेरिकी सैनिक क्याम्पमा इरानको मिसाइल हमला
नेपालबहस संवाददाता
पुस २३, २०७६ बुधबार १३:५७:३१
२३ पुस एजेन्सी । इरानले इराकमा रहेका अमेरिकाका दुई वटा हवाई शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।इरान र अमेरिका दुवैले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका छन् । इरानका सरकारी टिभीले सैनिक जर्नेल कासिम सुलेमानीको हत्याको प्रतिशोधमा आक्रमण गरेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सुलेमानी बग्दाद विमानस्थलमा हवाई आक्रमणमा मारिएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इब्रिल र अल असदको सैनिक शिविरमा आक्रमण भएको जनाएको छ । आक्रमणबाट भएको हताहतिको कुनै समाचार आएको छैन ।
अमेरिकी राष्ट्रपति कार्यालयले आक्रमणको बारेमा जानकार रहेको र राष्ट्रपति ट्रम्पले परिस्थितिको बारेमा आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारसँग परामर्श गरिरहेको जनाएको छ ।
इरानी सेनाले जर्नेल सुलेमानीको हत्याको प्रतिशोधमा शुक्रबार आक्रमण गरिएको जनाएको छ । इरानी सेनाले अमेरिका सैनिक शिविर रहेको सबै स्थानमा आक्रमण गर्ने चेतावनी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
किन नेपाल भ्रमणमा आउँदैछन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ?
मंसिर १८, २०८१ मंगलबार
सुनको मूल्य तोलामा १ हजारले बढ्यो
मंसिर १८, २०८१ मंगलबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार