२१ हजार भूकम्पपीडितका गुनासो सम्बोधन
नेपालबहस संवाददाता
पुस २४, २०७६ बिहिबार १५:०:५७
२४ पुस काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितका २१ हजार ६०० गुनासो सम्बोधन गरेको छ । प्राधिकरण कार्यकारी समितिको बुधबारको बैठकले २१ हजार ६०० गुनासोको नतिजा निकालेको हो ।
निर्णयअनुसार ८४१ पुनःनिर्माण लाभग्राही कायम भएको छ भने ८३६ भूकम्पपीडित प्रवलीकरण लाभग्राहीमा सूचीकृत भएका छन् । त्यस्तै १८ हजार २०० गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।
“स्थलगतरुपमा प्राप्त तथ्याङ्कलाई प्राधिकरणले तोकेको मापदण्डका आधारमा विश्लेषण गरी पुनःनिर्माण, प्रवलीकरण लाभग्राही वा गैरलाभग्राही कायम गर्ने गरिएको छ”, उनले भने । यसअघि तीनपटक बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले एक लाख १३ हजार गुनासो सम्बोधन गरी नतिजा निकालेको थियो । त्यसमा ११ हजार ५९९ गुनासोकर्ता पुनःनिर्माण लाभग्राही र पाँच हजार ६८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।
दोस्रो चरणको छुट तथा पुनःजाँच सर्भेक्षणअन्तर्गत एक लाख ८९ हजार गुनासो सङ्कलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इञ्जिनीयरले विश्लेषण गरिरहेको प्राधिकरणले जनाएको छ । विश्लेषण सकिएपछि ती गुनासो पनि प्राधिकरणले सम्बोधन गर्नेछ । गुनासो विश्लेषणका लागि ५० इञ्जिनीयर परिचालन गरिएको छ ।
दोस्रो चरणको छुट तथा पुनःजाँचअघि तीन लाख छ हजार ८५८ गुनासो दर्ता भएका थिए । ती सबैको पुनरावलोकन भइसकेको छ । प्राधिकरणले गरेको निर्णयमा चित्त नबुझे गुनासोकर्ताले पुनरावेदन समितिमा उजुरी गर्न सक्ने व्यवस्था छ ।
प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णयउपर चित्त नबुझेर पुनरावेदन समितिमा निवेदन दिएका एक हजार ५२० उजुरीको पुनरावेदनमा समितिले फैसला गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार