इरान-अमेरिका तनाव : कच्चा तेलको मूल्यमा वृद्धि
नेपालबहस संवाददाता
पुस २४, २०७६ बिहिबार १५:४६:३६
२४ पुस काठमाडौं । इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा अखाडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको घटनापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। एशियाली कारोबारको मध्यमा ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा १.४५ ले वृद्धि भइ प्रति ब्यारेल ६९.२१ डलर पुगेको छ।
सुन तथा जापानी मुद्रा येन जस्ता सुरक्षित लगानी मानिने बस्तुको मूल्यपनि हमलाको समाचारपछि बढेको छ। तर मध्यपूर्वमा द्वन्द्व चर्कने चिन्ता बढिरहँदा विश्वव्यापी शेअर मूल्यमा भने कमी देखिएको छ। जापानको बेञ्चमार्क निक्केई २२५ स्टकको सूचकांक १.३५ ले घटेको छ भने हंगकंगमा हांगसेंग ०.८ प्रतिशतले खस्केको छ।
इरानको सरकारी टेलिभिजनले भनेको छ देशका एकजना वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा ती हमलाहरू गरिएका हुन्। गत शुक्रवार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको मंगलवार अन्तिम संस्कार सम्पन्न भएको केही घण्टापछि नै ती आक्रमणहरू गरिएका हुन्।
चिन्ता
उनको मृत्युपछि नै अमेरिका र इरानबीचको द्वन्द्व थप खराब अवस्थामा पुग्नसक्ने भनी चिन्ता व्यक्त भएका थिए। त्यस्तो द्वन्द्व बढेमा संसारको सबैभन्दा व्यस्त मानिने होर्मुजको समुद्री मार्गमा जहाजबाट गरिने परिवहन प्रणालीमा अवरोध पुग्न सक्नेछ। खाडीलाई अरब सागरसँग जोड्ने उक्त जलमार्ग भएर संसारको तेल आपूर्तिको पाँच भाग मध्ये एक भाग ओसारपसार हुने गर्दछ।
खाडी क्षेत्रमा रहेका प्रमुख तेल निर्यातकर्ताहरूकालागि होर्मुजको जलमार्ग निकै महत्त्वपूर्ण रहेको छ। साउदी अरब, इराक, यूएई र कुवेत जस्ता तेल निर्यातकर्ताहरूको अर्थतन्त्र नै तेल र खनिज ग्यास उत्पादनमा निर्भर रहेको छ। आफ्नो तेल निर्यातकालागि इरानपनि यसै जलमार्गमा निर्भर छ। संसारमा सबैभन्दा धेरै तरलीकृत प्राकृतिक ग्यास, एलएनजी, उत्पादक कतारले लगभग सबैजसो ग्यासको निर्यात यहि जलमार्गबाट गर्दछ।
प्रतिबन्ध
पछिल्लो हमलापछि संयुक्त राज्य अमेरिकाको उड्डयन नियामकले अमेरिकी विमानसेवाहरूलाई इराक, इरान र छिमेकका मुलुकहरूमाथिको आकाशबाट उडान गर्नबाट प्रतिबन्ध लगाएको छ।
त्यस्तो प्रतिबन्धमा ओमानको खाडी र इरान तथा साउदी अरबबीचको समुद्री भेगमाथिको आकाश पनि पर्दछ। अमेरिकाको संघीय उड्डयन प्रशासन, एफएए, ले भनेको छ उक्त क्षेत्रमा चर्कँदो सैनिक गतिविधि, र बढ्दो राजनीतिक तनावका कारण त्यस्तो निर्णय लिनु परेको हो। यसैबीच सिंगापुर एअरलाइन्सले आफ्ना सबै उडानहरूलाई इरानी हवाइक्षेत्रबाट अन्यत्रै लैजाने बताएको छ। बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
बेल्जियम बन्यो यौनकर्मीलाई अधिकार दिने पहिलो देश
मंसिर १८, २०८१ मंगलबार
विद्रोहीले कब्जा गरेको इलाकामा सिरिया र रूसको संयुक्त हवाइ हमला
मंसिर १८, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
किन नेपाल भ्रमणमा आउँदैछन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ?
मंसिर १८, २०८१ मंगलबार
सुनको मूल्य तोलामा १ हजारले बढ्यो
मंसिर १८, २०८१ मंगलबार
रचना र दीपकको स्वरमा रहेको 'रातो घोडा सेतो घोडा'को म्युजिक भिडियो सार्वजनिक
मंसिर १८, २०८१ मंगलबार
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
रूसको रक्षा बजेट १२६ अर्ब पुग्यो, कुल सरकारी खर्चको ३२.५ प्रतिशत
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार