‘न यति न उति सिधै लखपति” योजनाको १० लाख पाउने भाग्यशालि
नेपालबहस संवाददाता
पुस २४, २०७६ बिहिबार २०:२५:८
२४ पुष, काठमाडौं । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६-न यति न उति सिधै लखपति” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक – टेलिमनी बाट पैसा पठाई बम्पर उपहार रु एक लाखको लक्कीड्र«मा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डनद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो । यस उपहार योजना अबधिभर हालसम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १० हजार नगद र ३ जनाले रु एक लाख नगद प्राप्त गरिसकेका छन् ।
ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस २०७६-न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १० हजार तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु एक लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १० लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस २०७६-न यति न उति सिधै लखपति” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार