सुप विवि पदाधिकारी नियुक्तिमा ढिलाइ : नौ महिनादेखि तालाबन्दी
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार १२:५५:४६
२५ पुस भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय नौ महिनादेखि निरन्तर तालाबन्दीको शिकार बनेको छ । नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले नौ महिनादेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिरहँदा सरोकारवाला निकाय भने मौन छन् ।
नेविसङ्घले तत्कालीन उपकुलपति र रजिस्टारलाई गरिएको बर्खास्ती पुनःबहालीको माग अघि सारेर तालाबन्दी गरेको भए पनि निलम्वनमा परेका पदाधीकारीको समयावधि सकिसकेको भए पनि तालाबन्दी खुल्न सकेको छैन ।
विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा भुषण श्रेष्ठ र रजिस्टार द्विजराज भट्टले कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले गत पुस २७ मा गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि विवाद शुरु भएको थियो ।
गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डीन डा गोविन्द विष्टलाई रजिस्टारको जिम्मेवारी दिइयो । “एउटै विश्वविद्यालयमा दुई वटा उपकुपति र दुई वटा रजिस्टार हुने अवस्था आएप्छि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालाबन्दी गरेका हौँ”, नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दले भने, “अहिले सरकारले उपकुलपति र रजिस्टार नियुक्तमा गरिएको ढिलाइले अन्योलता बढेको छ ।” उनले वरिष्ठता र योग्यताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्नुपर्ने माग रहेको बताए ।
उता विश्वविद्यालयका कर्मचारीले केन्द्रीय कार्यालयमा तालाबन्दी हुँदा कामकाज गर्न नपाएको गुनासो छ । विश्वविद्यालयको तालाबन्दी खुलाउन जिल्ला प्रशासन कार्यालयदेखि सर्वदलीय संयन्त्रमा पनि बहसको विषय बनेछ तर तालाबन्दी भने खुलाउन सकिएको छैन । जिम्मेवारीमुक्त गरिएका तत्कालीन उपकुलपति श्रेष्ठको समयावधि गत भदौमा सकिएको छ भने रजिस्टार भट्टको पदावधि माघ महिनामा सकिँदैछ ।
विश्वविद्यालयको उपकुलपतिमा कामचलाउरुपमा नियुक्त गरिएका प्रा डा पूर्णबहादुर चन्दले आफ्नो कार्यावधि गत मङ्सिर ६ गते सकिएको बताए । “नियुक्त दिँदा शुरुमा अर्को व्यवस्था नभएसम्म भन्दै पत्र दिइएको थियो”, उनले भने, “पछि फेरि तीन महिनाका लागि दिइएको भए पनि त्यो समय सकिसकेको छ ।” उनले करिव आठ महिना विश्वविद्यालयको नेतृत्व तालाबन्दीमै गरे । उपकुलपतिविहीन रहेको विश्वविद्यालयले नयाँ पदाधीकारी नआउँदासम्म कर्मचारीले कार्यालय बाहिरबाटै सञ्चालन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रौतहटमा हात्तीको उपद्रो, बिघौँबिघा जमिनमा लगाएको केराबारी नष्ट
पुष २६, २०८१ शुक्रबार
झापामा सीमास्तम्भ मर्मत गरिँदै
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
५० शैय्याको अस्पताल भवन: थपिएको म्याद सकियो, निर्माण सकिएन
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार