एमसीसीबारे नेकपा लचक
कुसुम सेञ्चुरी
पुस २५, २०७६ शुक्रबार १९:२८:४२
२५ पुष, काठमाडौं । अमेरिकाले नेपाल सरकारलाई उपलव्ध गराउने भनेको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन यतिबेला सत्तारुढ दल नेकपाका लागि नखाउँ दिनभरिको सिकार, खाउँ भने कान्छा बाउको अनुहार जस्तो भएको छ ।
पार्टी सचिवालयका बहुसंख्यक सदस्य यसको विरोधमा भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको अडानका कारण अनुमोदन गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ । बरु यसलाई कसरी सहज बनाउने भन्नेमा चाहिं नेताहरु माथापच्ची गरिरहेका छन् ।
नेकपाको सर्वाेच्च निकाय सचिवालयमा ओलीबाहेक महासचिव विष्णुप्रसाद पौडेल र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलबाहेक सबैजना एमसीसीको विपक्षमा छन् । तर प्रधानमन्त्रीले यो मुलुक र पार्टीको प्रतिष्ठाको विषय भएकाले गैर जिम्मेवार बन्नु हुँदैन भनेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नु भएकोले बीचको बाटो खोज्नुपर्ने अवस्था आएको छ – एकजना नेकपा नेताले भने ।
पुस १२ मा काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भने नेपाल आउने सबैखाले अमेरिकी सहयोग इण्डो प्यासिफिक रणनीतिकै अंग भएको स्पष्ट गरेको छ । त्यसपछि यो विषयमा नेकपा भित्र अझै विवाद चर्किएको हो । गत महिना सम्पन्न पार्टी स्थायी समिति बैठकमा नेताहरु भीम रावल, देव गुरुङ लगायतले एमसीसी कुनै हालतमा पनि स्वीकार्न नसकिने धारणा राखेका थिए ।
एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग होइन भन्ने सन्देश दिने गरी संसद्बाट अनुमोदन गर्न संकल्प प्रस्तावमार्फत जान सकिने सुझाव ओलीलाई केही नेताले दिएका छन् । स्रोत भन्छ– पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन् । सोही अनुसार अघि बढ्दा सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने जस्तो हुन्छ भन्दै ओलीले प्रचण्डलाई एमसीसी पारित गर्ने वातावरण तयार गर्न आग्रह गरेका छन् ।
नेकपाका शीर्ष चार जना नेतामध्ये तीन जना एमसीसीको विरोधमा छन् । प्रचण्डले यसबारे सार्वजनिक रुपमा नबोले पनि झलनाथ खनाल र माधवकुमार नेपालले एमसीसीलाई इण्डो प्यासेफिककै एक अंगका रुपमा रहेको बताइसकेका छन् । प्रधानमन्त्री ओलीले नेकपाका शीर्ष नेताहरुले एमसीसीबारे आफूखुसी अभिव्यक्ति दिंदा कुटनीतिक मर्यादाको ख्याल गर्नुपर्ने भन्दै पार्टी निर्णय विपरित नबोल्न आग्रह गरेको पनि ती नेताले बताए ।
तर प्रचण्ड भने एमसीसी इण्डो प्यासिफिक अन्तर्गतको रणनीति नभएको सन्देश समेत दिने गरी अनुमोदन गर्न उपयुक्त हुने पक्षमा रहेका छन् । प्रचण्डले आफ्नो राय प्रधानमन्त्रीलाई दिइसकेका छन् – ती नेताले भनेका छन् । प्रधानमन्त्री ओली लगायत केही मन्त्रीले एमसीसी इण्डो प्यासिफिक रणनीतिको हिस्सा नभएको तर्क गरिरहेका छन् ।
तर यही पुस १२ मा काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भने नेपाल आउने सबैखाले अमेरिकी सहयोग इण्डो प्यासिफिक रणनीतिकै अंग भएको स्पष्ट गरेको छ । त्यसपछि यो विषयमा नेकपा भित्र अझै विवाद चर्किएको हो । गत महिना सम्पन्न पार्टी स्थायी समिति बैठकमा नेताहरु भीम रावल, देव गुरुङ लगायतले एमसीसी कुनै हालतमा पनि स्वीकार्न नसकिने धारणा राखेका थिए ।
तर जे भएपनि नेकपाले विश्व परिवेशलाई नजरअन्दाज गर्न नसकिने भन्दै शीर्ष नेताहरु संसद्मा संकल्प प्रस्ताव पारित गरेर यसका कमी कमजोरी हटाउन सकिने पक्षमा पुगेका छन् । त्यसैले अब बस्ने संसद्को हिउँदे अधिवेशनले एमसीसीलाई पारित गर्ने तयारीमा नेकपा पुगेको देखिएको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार