यस्तो आयो फर्स्ट माईक्रोफाइनान्सको दोश्रो त्रैमास ? ( तालिकासहित विश्लेषण )
आर्थिक संवाददाता
माघ २, २०७६ बिहिबार १४:५२:३०
२ माघ, काठमाडाैं । खुद मुनाफामा १९ प्रतिशतले वृद्धि गर्दै दोश्रो त्रैमासको वित्तीय प्रतिवेदनमा फर्स्ट माईक्रोफाइनान्सले सुखद सुरुवात गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सबैभन्दा पहिला प्रकाशन गरेको हाे ।
प्रकाशित रिपोर्ट अनुसार कम्पनीले दोश्रो त्रैमाससम्म ६ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले ५ करोड ६३ लाख रुपैया खुद मुनाफा गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद मुनाफा १९ प्रतिशतले वृद्धि भएको र चुक्ता पुँजीमा १७ प्रतिशतको वृद्धिको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी २ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ ।
कम्पनीकाे प्रकाशित प्रतिशेयर आम्दानी १६ रुपैया ७२ पैसा छ । गत आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीको प्रकाशित प्रतिशेयर आम्दानी १६ रुपैया ४६ थियो ।
कम्पनीले ५ अर्ब ५४ करोड रुपैया सापटी लिएको छ । सापटी रकम २१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कर्जा प्रवाह २५ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ८४ करोड पुगेको छ ।
प्रमुख आम्दानीको श्रोतकाे रूपमा रहेको खुद व्याज आम्दानी १६ प्रतिशतले वृद्धि हुँदै १० करोड ५८ लाख पुग्दा संचालन मुनाफा २० प्रतिशतले वृद्धि हुँदै १० करोड ६० लाख पुगेको छ ।
कम्पनीको माघ १ गते को बजार मूल्य ४२० लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात २५ दशमलव १२ गुणा रहेको छ।
विश्लेषण : चुक्ता पुँजी वृद्धि कै हाराहारीमा कम्पनीले खुद मुनाफा वृद्धि हुँदा कम्पनीले आक्रामक रुपमा प्रतिशेयर आम्दानी वृद्धि गर्न सकेन । कम्पनीको मूल्य आम्दानी अनुपात २५ गुणा रहेको छ । कम्पनीको बजार मूल्यलाई प्रतिशेयर आम्दानीसँग दाज्दा कम्पनीको बजार मूल्य अलिकता धेरै भएको अनुभूति हुन्छ ।
कम्पनीको कोषको लागत भने घटेको छ । कोषको लागत १० दशमलव ६० प्रतिशत रहेको छ । सापटी रकम र कर्जालाई क्रमश २१ र २५ प्रतिशतले वृद्धि गरेको कम्पनीले आफ्नो व्यापार भने राम्रै वृद्धि गर्दै लगेको देखिन्छ ।
कम्पनीले आर्थिक वर्ष ७५/७६ को साधारणसभा सम्पन्न गर्दै १७ प्रतिशत बोनस शेयर र ० दशमलव ८९ प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीले प्रत्यक वर्ष लाभांश वृद्धि गर्दै लागेको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार