मौरीलाई चरन क्षेत्र अभाव हुँदा मह उत्पादनमा कमी
नेपालबहस संवाददाता
माघ ४, २०७६ शनिबार १५:२२:३३
४ माघ गलेश्वर । पैयूँका रुख नासिने र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको म्याग्दीका मौरीपालक कृषकले बताएका छन् । पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ ।
जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, बाबियाचौरलगायतका गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन् ।
बेनी नगरपालिका–२ का मौरीपालक कृषक जीतबहादुर थापाले तोरी, वुकी, पैयूँ, दुदिलोलगायतका फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताए । थापाले विगतका वर्षहरुमा यो मौसममा मौरीले अरु समयको तुलनामा बढी मह उत्पादन गर्ने गरेको बताउँदै यो वर्ष विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको छ भने । “मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको माघ, फागुन महिनामा कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै हो”, थापाले भने ।
कृषि ज्ञान केन्द्र म्याग्दीले गत साल अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वभाविक रुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताएको छ । मौरीको गोलाको सङ्ख्या अत्यधिक रुपमा बढिरहेको छ । कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिकले बताए ।
कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
प्रचण्डले बोलाए सर्वदलीय बैठक
असोज १३, २०८१ आइतबार
बाढीपहिरोको क्षति, उद्धार र राहतबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
असोज १३, २०८१ आइतबार
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
असोज १३, २०८१ आइतबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार