शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १७:३४:१९
५ माघ गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो ।
सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाको पहलमा पुनः सेवा शुरु गरिएको स्थानीय सेते तिलिजाले जानकारी दिए । अनिच्छितरुपमा रहेको १२ हप्तासम्मको गर्भपतन गर्न पाउने सुविधा छ ।
स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार पुनको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा आइपास नेपालकी जिल्ला संयोजक थमकुमारी कुँवरले गर्भपतनसम्बन्धी कानूनी प्रावधानको बारेमा जानकारी गराएका थिए। स्वास्थ्यचौकीका प्रमुख तुलबहादुर रन्तिजा र डिलकुमारी पाइजाले सेवाको बारेमा बताएका थिए
गर्भवती र सुत्केरीलाई आपत्कालीन कोष
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरीलाई आपत्कालीन कोषको स्थापना गरेको छ । गाउँपालिकाभित्र रहेका प्रत्येक वडामा रु एक–एक लाख बराबरको कोष स्थापना गरिएको हो ।
गरिब, असहाय तथा समस्यामा परेका गर्भवती, सुत्केरीका साथै गरिब तथा विपन्नको उपचारमा सहज हुने गरी कोषको स्थापना गरिएको गाउँपालिका प्रमुख डमबहादुर पुनले जानकारी दिए। “भविष्यमा आवश्यकताअनुसार बजेट थप गर्नेछौँ । वडास्तरमै विभिन्न स्वास्थ्य शिविर समेत सञ्चालन गरिने छ”, उनले भने । गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका महिलालाई गर्भवती अवस्थादेखि प्रसूतिसम्म आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा समेत सचेत रहेको गाउँपालिकाले जनाएको छ ।
कोषको स्थापना गरेपछि हरेक वडामा रहेका स्वास्थ्यचौकी, सामाजिक परिचालकबाट समेत तथ्याङ्क सङ्कलन गरिएको छ । कोष सञ्चालनका लागि कार्यविधिसमेत बनाएर घरदेखि स्वास्थ्यचौकी र अस्पतालसम्म पुग्ने बिरामीलाई यातायात खर्चसमेत उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर बरुवालले जानकारी दिए । उनले गाउँसभाका सदस्य सुत्केरी भए एकमुष्ठ रु १० हजार उपलब्ध गराइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
सरकार मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २२, २०८१ सोमबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार
बैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार