बेल्जियमकी राजकुमारी नेपालमा
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १९:५८:४
५ माघ, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सुरु भएसँगै बेल्जियमकी राजकुमारी आष्ट्रिड नेपालको साताव्यापी भ्रमणका क्रममा आज काठमाडौं आइपुगेकी छन् । बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी आष्ट्रिडलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संघीय सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मोतीलाल दुगडले स्वागत गरेका छन् ।
भ्रमणका क्रममा राजकुमारी काठमाडौंका अतिरिक्त कैलाली, नवलपरासी र चितवनसमेत जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी नेपालमा क्षयरोग नियन्त्रण गर्न सक्रिय गैरसरकारी संस्थासँगको आबद्धतामा नेपाल आएकी हुन् । साथै नेपाल भ्रमणका क्रममा राजकुमारी आष्ट्रिडले राजनीतिक भेटघाटसमेत गर्ने परराष्ट्रले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेल , परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थमन्त्री भानुभक्त ढकालसँग भेट गर्ने उनको कार्यक्रम तय भएको छ । राजकुमारी आष्ट्रिड माघ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार